गाडी किनेर स्वरोजगार बन्न चाहनेले ५ प्रतिशतमै २५ लाख ऋण पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारीसाधन खरिद गरी स्वरोजगार हुन चाहनेलाई प्रोत्साहन गर्ने भएको छ ।

 

राष्ट्र बैंकले शुक्रबार चालू आवको मौद्रिक नीतिमार्फत ऋणी स्वयम् स्वरोजगार हुने उद्देश्यले सवारी साधन खरिद गर्न प्रवाह हुने २५ लाख रुपैयाँसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सक्ने व्यवस्था गरेको हो ।

 

बैंकहरुले ५ प्रतिशत ब्याजजदरमा विपन्न वर्ग कर्जा प्रवाह गर्दै आइरहेका छन् ।

 

यस्तो व्यवस्थाले अब ट्याक्सी, विद्युतीय रिक्सा, पीकअप भ्यान लगायत सवारीसाधन खरीद गरी स्वरोजगार हुन चाहनेलाई सहयोग पुग्ने विश्वास गरिएको छ ।

मर्जरमा जाने बैंकलाई अफरैअफर, यस्ता छन् पाउने १ दर्जन सुविधा Read Previous

मर्जरमा जाने बैंकलाई अफरैअफर, यस्ता छन् पाउने १ दर्जन सुविधा

३.२५ अर्ब खुद नाफा कमाएको एनआइसी एशियाको वितरण योग्य नाफा कति ? Read Next

३.२५ अर्ब खुद नाफा कमाएको एनआइसी एशियाको वितरण योग्य नाफा कति ?