एभरेष्ट इन्सुरेन्सको साधरण सभा असोज १ गते हुने

काठमाडौं । एभरेष्ट इन्सुरेन्स कम्पनीले २४ औं वार्षिक साधारणसभा बोलाएको छ । इन्सुरेन्सकोे साधरण सभा असोज १ गते दिउँसो २ बजे अग्रवाल भवन कमलपोखरीमा सुरु हुने छ ।

 

इन्सुरेन्सले गत वर्षको कमाइबाट शेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ । बैंकले साधारण सभामा लाभांश वितरण सम्बन्धि कुनै प्रस्ताव राखेको छैन ।

 

इन्सुरेन्सले साधरण सभामा आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सान हिसाबकिताब लगायतका एजेन्डा अनुमोदन गरिने छ ।

 

यसैगरी, एभरेष्टसँग उपयुक्त संस्था गाभ्ने/गाभिने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि अघि सार्नेछ ।

 

सभा प्रयोजनका लागि भदौ २२ गते बुक क्लोज गर्दैछ । भदौ २१ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

पसलेबाट ठगिनुभयो, मोबाइल बाटै गर्नुहोस् उजुरी Read Previous

पसलेबाट ठगिनुभयो, मोबाइल बाटै गर्नुहोस् उजुरी

आम्दानीको दरिलो स्रोत बन्न नसक्दा रेशम खेतीतर्फ आकर्षण घट्दै Read Next

आम्दानीको दरिलो स्रोत बन्न नसक्दा रेशम खेतीतर्फ आकर्षण घट्दै