एनआइसी एशिया बैंक र सगरमाथा इन्सुेरेन्सबीच सम्झौता

काठमाडौं । एनआइसी एशिया बैंक र सगरमाथा इन्सुरेन्स कम्पनीबीच बैंकको डिजिटल च्यानल मार्फत् इन्सुरेन्सका ग्राहकहरुले बीमा प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।

 

सम्झौता अनुसार सगरमाथा इन्सुरेन्सका ग्राहकहरुले एनआइसीको मोबाइल बैकिङ्गलगायत एनसीएचएल–कनेक्ट अइपीएस र फोन–पे एप प्रयोग गरी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन् ।

 

सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र इन्सुरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरे ।

 

बैंकले हाल देशभरका २९६ शाखा कार्यालय, ५८ वटा एक्स्टेन्सन काउण्टर, ४१ वटा शाखारहित बैंकिङ्ग र ३४१ एटीएम मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकका  करिब १८ लाखभन्दा बढी ग्राहक रहेका छन् ।

 

वाणिज्य विभागको अनुगमन फितलो, प्रभावकारी अनुगमन गर्न जनशक्तिको अभाव Read Previous

वाणिज्य विभागको अनुगमन फितलो, प्रभावकारी अनुगमन गर्न जनशक्तिको अभाव

गाउँमै श्रम बैंक खुलेपछि रोजगारीका लागि भारत जाने दिन गए Read Next

गाउँमै श्रम बैंक खुलेपछि रोजगारीका लागि भारत जाने दिन गए