फाइनान्स र विकास बैंक चम्किँदा नेप्सेले बनायो कीर्तिमान, यी १९ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजारले फेरि ऐतिहासिक कीर्तिमान बनाएको छ । फाइनान्स र विककास बैंक समूहको सेयरमा उछाल आउँदा नेप्सले आज सर्वाधिक उच्च विन्दुको नयाँ रेकर्ड बनाएको हो ।

 

आज नेप्सेले ३१६१ विन्दु चुम्दै इतिहासकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । नेप्से ३१५० विन्दु माथि पुगेको इतिहासमै पहिलो पटक हो । यसअघि साउन २० गते मात्रै नेप्सेले इतिहासकै सर्वाधिक ३१२३ विन्दुको रेकर्ड बनाएको थियो ।

 

सूचकले नयाँ रेकर्ड बनाएको दिन कारोबार रकममा पनि उछाल आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै ४ अर्बले बढेर करिब १८ अर्ब बढीको कारोबार भएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से ५१.९७ अंकले बढेर ३१६१.५६ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२५ कम्पनीको १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७९ रुपैयाँ बराबरको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये व्यापार, होटल र हाइड्रोपावर समूह बाहेक अरु सबै समूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक सबैभन्दा धेरै ८.०७ प्रतिशतले बढेको छ । यस्तै, फाइनान्स समूह ६.७८ प्रतिशतले बढेको छ ।

 

आज कारोबारमा आएका २२५ कम्पनीमध्ये १६३ कम्पनीको सेयर मूल्य बढेको छ भने ५८ कम्पनीको मूल्यमा गिरावट आएको छ । ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज माथिल्लो तामाकोशीकोे सर्वाधिक कारोबार भएको छ । यसको साढे ८९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अरुण भ्याली ५३ करोड र अपी पावर झन्डै ५२ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

 

उच्च अंकले बढेको बजारमा आज १६ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । आज बेस्ट, सेन्टर, श्री इन्भेष्टमेन्ट, गुह्येश्वरी मर्चेन्ट, आइसीएफसी, प्रोग्रेसिभ फाइनान्स, जीवन विकास लघुवित्त, महालक्ष्मी, कामना सेवा, ज्योति विकास र सिन्धु विकास बैंकको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

 

यसैगरी, साइन रेसुंगा विकास बैंक, युनियन लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी, सांग्रिला विकास बैंक र मल्टिप्रपोज फाइनान्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । यस्तै, एक्सेल डेभलपमेन्ट बैंक, पोखरा र समृद्धि फाइनानसको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

बढ्दो बजारमा आज साञ्जेन जलविद्युत् कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै ५.१६ प्रतिशत गुमाएका छन् ।

बिहीबारदेखि उपत्यकामा राति ८ बजेपछि गाडी चलाउन नपाइने Read Previous

बिहीबारदेखि उपत्यकामा राति ८ बजेपछि गाडी चलाउन नपाइने

ओलीले सत्ता छोड्दासम्म : सरकारी कोष १.४३  खर्ब घाटामा, देशको ऋण १७.२९  खर्ब (श्वेतपत्रको पूर्णपाठ) Read Next

ओलीले सत्ता छोड्दासम्म : सरकारी कोष १.४३ खर्ब घाटामा, देशको ऋण १७.२९ खर्ब (श्वेतपत्रको पूर्णपाठ)