बिहीबारदेखि उपत्यकामा राति ८ बजेपछि गाडी चलाउन नपाइने

काठमाडौं । काठमाडौं उपत्यकामा रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइने भएको छ । बिहीबारदेखि लागू हुने गरी उपत्यकामा बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

 

मंगलबार बसेको काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले राति ८ बजेपछि अत्यावश्यक सेवाका सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको हो ।

 

कोरोना संक्रमण बढ्दै गएसँगै रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । निजी तथा सार्वजनिक सवारीसाधन संचालनमा रोक लगाइए पनि अत्यावश्यक सवारीसाधन भने जुनसुकै बेला पनि संचालन गर्न पाइने जनाइएको छ ।

 

यस्तै, बैठकले हाल कायम निषेधाज्ञा भदौ ८ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

बैंकबाट धमाधम बाहिरिन थाल्यो पैसा, तीन सातामै कसले झिक्यो ६१ अर्ब निक्षेप ? Read Previous

बैंकबाट धमाधम बाहिरिन थाल्यो पैसा, तीन सातामै कसले झिक्यो ६१ अर्ब निक्षेप ?

फाइनान्स र विकास बैंक चम्किँदा नेप्सेले बनायो कीर्तिमान, यी १९ कम्पनीका लगानीकर्ता मालामाल Read Next

फाइनान्स र विकास बैंक चम्किँदा नेप्सेले बनायो कीर्तिमान, यी १९ कम्पनीका लगानीकर्ता मालामाल