बैंकबाट धमाधम बाहिरिन थाल्यो पैसा, तीन सातामै कसले झिक्यो ६१ अर्ब निक्षेप ?

काठमाडौं । नयाँ आर्थिक वर्षको तीन सातामै वाणिज्य बैंकहरुबाट ठूलो रकम बाहिरिएको छ । साउनको तीन सातामै बैंकहरुबाट ६१ अर्ब निक्षेप घटेको हो ।

 

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार साउन २२ गतेसम्म बैंकिङ प्रणालीबाट ६१ खर्ब रुपैयाँ निक्षेप बाहिरिएको हो । साउन पहिलो साता ४३ अर्ब, दोस्रो साता ६ अर्ब र तेस्रो साता १२ अर्ब बाहिरिएको संघले जनाएको छ ।

 

गत आर्थिक वर्षको असार मसान्तसम्म वाणिज्य बैंकहरुको निक्षेप ४२ खर्ब १ अर्ब रुपैयाँ रहेको साउन २२ गतेसम्म घटेर ४१ खर्ब ४० अर्ब रुपैयाँमा सीमित भएको छ।

एकैपटक किन यति धेरै रकम बाहिरियो भन्ने कारण थाहा पाउन नसकिएको संघले जनाएको छ । सार्वजनिक संस्थानहरुले सरकारी खातामा रकम तान्दा, ठूला व्यवसायीले कर तिर्न राखेको रकम झिकेको लगायत कारणले ठूलो परिमाणमा निक्षेप बाहिरिएको हुनसक्ने अनुमान गरिएको छ ।

 

तीन सातामै आधाखर्ब बढी निक्षेप बाहिरिँदा कर्जा लगानी पनि सुस्त रहेको संघको तथ्यांकले देखाएको छ । साउनको तीन सातामा वाणिज्य बैंकहरुले जम्मा १२ अर्ब कर्जा लगानी गरेका छन् ।

 

साउनको पहिलो साता १४ अर्बले घटेको कर्जा प्रवाह दोस्रो साता १० अर्ब र तेस्रो साता १६ अर्बले बढेको थियो । समग्रमा साउनको तीन सातामा १२ अर्ब कर्जा लगानी भएको छ ।

 

गत असार मसान्त सम्ममा वाणिज्य बैंकहरुले ४२ खर्ब १ अर्ब निक्षेप संकलन गरी ३७ खर्ब २१ अर्ब कर्जा लगानी गरेका थिए ।

कर नबुझाउने ४० करदाताको जग्गा र बैंक खाता रोक्का Read Previous

कर नबुझाउने ४० करदाताको जग्गा र बैंक खाता रोक्का

बिहीबारदेखि उपत्यकामा राति ८ बजेपछि गाडी चलाउन नपाइने Read Next

बिहीबारदेखि उपत्यकामा राति ८ बजेपछि गाडी चलाउन नपाइने