ओलीले सत्ता छोड्दासम्म : सरकारी कोष १.४३ खर्ब घाटामा, देशको ऋण १७.२९ खर्ब (श्वेतपत्रको पूर्णपाठ)

काठमाडौं । सरकारी सञ्चित कोष १ खर्ब ४३ अर्ब घाटामा रहेको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्को प्रतिनिधिसभामा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ (श्वेतपत्र ) प्रस्तुत गर्दै  यस्तो जानकारी दिएका हुन् ।

 

२०७४ सालमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष ४ वर्षको अवधिमा झन्डै चार गुणाले बढेर डेढ खर्ब नजिक पुगेको उनले जानकारी दिए । उनले आर्थिक वर्ष २०७६र७७मा सञ्चित कोष २ खर्ब १६ अर्बसम्म घाटामा पुगेको स्मरण गराए ।

 

अर्थमन्त्री शर्माले ओली सरकारको स्वेच्छाचारी गतिविधिका कारण अर्थतन्त्र झनै धराशायी भएको श्वेतपत्रमा उल्लेख गरेका छन् । यस्तै, आर्थिक वर्षको अन्तिम महिना जथाभावी खर्च गर्ने प्रवृत्तिले वित्तीय अनुशासन शिथिल भएको श्वेतपत्रमा उल्लेख छन् ।

 

ओली सरकारले बजेटभन्दा बाहिर गएर सडकका लागि ३ खर्ब र रेलमार्गका लागि ५७ अर्ब बजेटको स्रोत सुनिश्चित गरेको शर्माले बताए ।

 

ओलीका पालामा देशको ऋण साढे दुई गुणले वृद्धि

 

ओली सरकारका पालामा सरकारको ऋण साढे दुई गुणाले बढेको श्वेशपत्रमा उल्लेख छ । ‘२०७३/७४ मा कुल तिर्न बाँकी सार्वजनिक ऋण रू.६ खर्ब ९८ अर्ब अर्थात कुल गार्हस्थ्य उत्पादनको २२.७ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा २५० प्रतिशतले वृद्धि भई रू.१७ खर्ब २९ अर्ब अर्थात कुल गार्हस्थ्य उत्पादनको ४०.५ प्रतिशत पुगेको छ,’  श्वेतपत्रमा उल्लेख छ ।

 

कुल तिर्न बाँकी ऋणमध्ये रू.८ खर्ब १ अर्ब आन्तरिक ऋण र रू.९ खर्ब २८ अर्ब बाह्‍य ऋण रहेको छ।आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक ऋण रू.२ खर्ब २४ अर्ब र वैदेशिक ऋण रू.१ खर्ब ४० अर्ब गरी जम्मा रू.३ खर्ब ६४ अर्ब अर्थात कुल संघीय खर्चको ३०.८ प्रतिशत परिचालन भएको अर्थमन्त्री शर्माले जानकारी दिए । यसरी सार्वजनिक ऋण उल्लेख्य रुपमा वृद्धि हुँदै गएतापनि देशको आर्थिक वृद्धि तथा विकासमा अपेक्षित प्रतिफल हासिल हुन सकेको छैन।

 

अध्यादेशबाट ल्याइएको बजेट प्रतिस्थापन गरी नयाँ ल्याउने

 

अर्थमन्त्री शर्माले प्रधानमन्त्री खड्गप्रसाद ओलीको अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्न नयाँ बजेट ल्याउने घोषणा गरेका छन् ।

 

‘अध्यादेशलाई सत्ता सहयात्री दलहरुबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको नीति र प्राथमिकता, जनचाहना तथा कोभिड९१९ महामारीको कारण सिर्जित चुनौती समेतको सम्बोधन हुने गरी सुधार गर्न छिट्टै नै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नेछु,’ श्वेतपत्र प्रस्तुत गर्दै उनले भनेका छन् ।

यस्तो छ देशको वर्तमान अर्थतन्त्रको अवस्था

 

फाइनान्स र विकास बैंक चम्किँदा नेप्सेले बनायो कीर्तिमान, यी १९ कम्पनीका लगानीकर्ता मालामाल Read Previous

फाइनान्स र विकास बैंक चम्किँदा नेप्सेले बनायो कीर्तिमान, यी १९ कम्पनीका लगानीकर्ता मालामाल

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो क्रेडिट कार्ड, ५ लाखसम्म लिमिट पाइने Read Next

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो क्रेडिट कार्ड, ५ लाखसम्म लिमिट पाइने