काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सामान्य वृद्धि भएको छ ।
लघुवित्तले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार ६१ करोड ४९ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यो अघिल्लो आवको सोही अवधिको तुलानामा १२.३८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको चैथो त्रैमाससम्म लघुवित्तले ५४ करोड ७२ लाख २१हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
लघुवित्तको संचालन आम्दानी घटे पनि खुद ब्याज आम्दानी बढ्दा र उल्लेख्य मात्रमा खाराब कर्जा उठाउन सफल भएपछि खुद मुनाफामा वृद्धि भएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९.०२ प्रतिशतले बढेर १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । यस्तै, समीक्षा अवधिमा लघुवित्तले २० करोड राइटब्याक गरेको छ ।
समीक्षा अवधिमा लघुवित्तले २० अर्ब ३१ करोड सापटी लिइ कुल २४ अर्ब ५३ करोड कर्जा प्रवाह गरेको छ । हाल १ अर्ब २५ करोड चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २ अर्ब ३२ करोड रुपैयाँ संचित रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ५.५७ रुपैयाँले घटेर ४९.१४ रुपैयाँमा सीमित भएको छ । लघुवित्तको खराब कर्जा ०.६८ प्रतिशतबाट बढेर०.६९ प्रतिशत पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ २८५.८७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३३.३७ रहेको छ ।