नेपालकै पहिलो ‘स्काई वाक टावर’मा निफ्राले साढे ६७ करोड ऋण लगानी गर्ने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले देशमै पहिलोपटक बन्न लागेको ‘स्काई वाक टावर’मा ऋण लगानी गर्ने भएको छ ।

 

पर्यटकीय पूर्वाधारमा नवीनतम अवधारणा सहित बैंकले काठमाडौंको कमलादी र धनकुटाको भेडेटारमा निर्माणाधीन मुलुकको पहिलो ‘स्काई वाक टावर’ परियोजनाहरु ऋण लगानी गर्ने भएको हो ।

 

बैंकले दुईवटै परियोजना निर्माणका लागि ६७ करोड ५० लाख रुपैयाँ बराबरको कर्जा स्वीकृत गरेको छ। बैंक र निर्माणकर्ता वोन्डर्स ग्रुपबीच लगानी सम्झौता सम्पन्न भएको छ । हस्ताक्षर कार्यक्रममा निफ्राको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायतका बैंकका पदाधिकारी र परियोजनाको तर्फबाट अध्यक्ष प्रबेन्द्र पोखरेल, संचालक पदमप्रसाद न्यौपाने, संचालक तेज बाहादुर सिंह, संचालक खेमराज न्यौपाने लगायतका संचालक र व्यवस्थापन समूहको उपस्थिति रहेको थियो ।

 

वोन्डर्स ग्रुपको निर्माणाधीन कमलादी स्थित ‘स्काई वाक टावर’ ७८ मिटर उचाई को हुने र उक्त टावरमा योगा स्थल, रेस्टुरेन्ट लगायतका मनोरञ्जनात्मक क्रियाकलापहरुको लागि व्यवस्था सहितको पूर्वाधारहरु रहने छन् । मुलुककै अग्लो उचाईको टावरबाट काठमाडौं उपत्यका को रमणीय दृष्य शिशा को सतह बाट अवलोकन गर्न सकिने यस परोयोजनाले आन्तरिक तथा बाह्य पर्यटक लाई उल्लेख्य मात्रामा आकार्षित गर्ने अपेक्षा गरिएको छ ।

 

यसैगरी, धनकुटाको भेडेटारमा निर्माणाधीन ‘स्काई वाक टावर’ सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत निर्माण गर्न लागिएको हो । प्रदेश १ को लगानी प्राधिकरण र परियोजना निर्माणकर्ता बिच भएको परियोजना विकास सम्झौता अनुरुप निर्माण हुन लागेको यस परियोजनाले देशको पूर्व भूभागको मुख्य पर्यटकीय स्थलको रुपमा परिचित भेडेटारमा थप आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत गर्ने छ ।

 

कार्यक्रममा अध्यक्ष प्रवेन्द्र पोखरेल तथा संचालक पदम प्रसाद न्यौपानेज्यूले परियोजनाको लक्ष्य सहित भावी योजनाहरुको बारेमा जानकारी गराउदै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नयाँ सोचका साथ अगाडि बढेको समूहलाई विश्वास गरी पूर्ण प्रोजेक्ट फाइनान्सिङ्गको अवधारणा अंगिकार गरि कर्जा स्वीकृति भएको र सम्झौता सम्पन्न हुँदा आफुहरु निकै उत्साहीत भएको जनाए ।

 

साथै, परियोजनाहरुको निर्माण कार्य द्रुत गतिमा संचालन गरी परियोजनाको व्यवसायीक संचालन तय गरिएको मिति भित्रै सम्पन्न गरी संचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

देशको अर्थतन्त्र हाँक्न सरकार मात्र पर्याप्त छैन, अर्थविदहरुको विज्ञता आवश्यकता छ : अर्थमन्त्री Read Previous

देशको अर्थतन्त्र हाँक्न सरकार मात्र पर्याप्त छैन, अर्थविदहरुको विज्ञता आवश्यकता छ : अर्थमन्त्री

रोपेको १ वर्षमै लटरम्म फल्न थाले स्याउ, ढुवानी गर्न बारीमै हेलिप्याड Read Next

रोपेको १ वर्षमै लटरम्म फल्न थाले स्याउ, ढुवानी गर्न बारीमै हेलिप्याड