देशको अर्थतन्त्र हाँक्न सरकार मात्र पर्याप्त छैन, अर्थविदहरुको विज्ञता आवश्यकता छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थविदहरुको विज्ञतालाई अर्थमन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता औंल्याएका छन् । सोमबार नेपाल आर्थिक संघले अर्थमन्त्रीलाई संघको मानार्थ सदस्यता प्रदान गर्ने कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

 

मन्त्री शर्माले देशको अर्थतन्त्र हाँक्न अर्थ मन्त्रालय वा सरकार मात्र पर्याप्न नहुने भन्दै विषय विज्ञहरुको ज्ञान र अनुभवलाई निरन्तर जोड्ने खालको कुनै न कुनै संयन्त्र आवश्यक भएको बताए आफूले यस विषयमा योजना बनाइरहेको उनले जानकारी दिए ।

 

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले हामी नै जान्ने हौं भन्ने घमण्ड कर्मचारीहरुमा पलाउनसक्नेतर्फ सचेत रहेको भन्दै आफूले त्यस्तो हुन नदिने प्रतिवद्धता व्यक्त गरे । उनले कुनै नीति र योजना तय गर्दा विज्ञहरुको ज्ञान र अनुभव समेटेर अघि बढ्ने बताए ।

 

नेपाल आर्थिक संघका अध्यक्ष प्राध्यापक विश्वम्भर प्याकुरेलले देशको आर्थिक नीति निर्माणमा आफूहरुले अर्थमन्त्रालयलाई सघाउँदै आएको प्रसंग उल्लेख गर्दै आगामी दिनमा पनि सो क्रम जारी रहने वचन दिए ।

 

यस्तै अर्थविद डा भवानी ढुंगाना, डा. शिवराज अधिकारी, गोपाल तिवारीलयतले नयाँ सरकारसँग काम गर्नको लागि पर्याप्त समय नरहेको भन्दै जनतालाई प्रत्यक्ष फाईदा पुग्ने खालका ससाना र थोरै कार्यक्रम अघि सार्न सुझाव दिए । उनीहरुले सरकारले विभिन्न समयमा अनुसन्धान गराउने गरेको भएपनि अध्ययन प्रतिवेदन पुस्तकालयमा थन्काउने गरिएको गुनासो समेत गरे ।

हाइड्रो र फाइनान्सको सेयरमा चमक, यी ९ कम्पनीका लगानीकर्ता मालामाल Read Previous

हाइड्रो र फाइनान्सको सेयरमा चमक, यी ९ कम्पनीका लगानीकर्ता मालामाल

नेपालकै पहिलो ‘स्काई वाक टावर’मा निफ्राले साढे ६७ करोड ऋण लगानी गर्ने Read Next

नेपालकै पहिलो ‘स्काई वाक टावर’मा निफ्राले साढे ६७ करोड ऋण लगानी गर्ने