काठमाडौं । सिभिल बैंकले कपिलवस्तुको तौलिहवा करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।
उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन आन्तरिक राजश्व कार्यालय, कपिलवस्तु जिल्ला, कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डेले गरे ।
यससँगै अब त्यस क्षेत्रका सेवाग्राहीहरुले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरीक राजश्व विभागसँग सम्बन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सहजै गर्न सक्नेछन ।
करीब ६ लाख ग्राहकहरुलाई ११५ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित १० एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ । जसमध्ये ६ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो । साथै बैंकको हालसम्म ८६ एटीएम रहेका छन् ।
बैंकले हालसम्म करीब ९० अर्ब भन्दा बढी निक्षेप संकलन गरी ८३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।