भन्सार छलेर ल्याइएका ७८ लाखका मोबाइल बरामद

नवलपुर । भन्सार छलेर नवलपरासी भित्र्याउँदै गरेका विभिन्न कम्पनीका ७८ लाख रुपैयाँ मूल्य बराबरका मोबाइल सेट प्रहरीले बरामद गरेको छ ।

 

पूर्वपश्चिम राजमार्गस्थित नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बाट विभिन्न कम्पनीका ५९५ थान मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

 

दुम्किबासमा बरामद गरिएको मोबाइलको बजार मूल्य करिब ७८ लाख रुपैयाँ पर्ने जानकारीमा आएको गिरीको भनाइ छ ।

 

इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले बिहीबार राति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३–च–५५४४ नम्बरको कारमा सुरक्षा जाँच गर्ने क्रममा अवैधरूपमा जिल्ला भित्र्याइँदै गरेका मोबाइल बरामद गरिएको गिरीले जानकारी दिए। भन्सार छलेर ल्याइएका मोबाइल आजै भन्सार कार्यालय पठाइने उनको भनाइ छ ।

 

भन्सार छलेर मोबाइल ल्याउने चितवनको भरतपुर महानगरपालिका–८ का अर्जुन ढकाल र भरतपुर–२१ का इन्द्रलाल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु दुवैलाई दुम्किबास प्रहरीको हिरासतमा राखिएको उनले बताए। रासस

काठमाडौंका ३ नगरपालिकामा कित्ताकाट गर्न रोक, टुक्रा जग्गा भने किनबेच गर्न पाइने Read Previous

काठमाडौंका ३ नगरपालिकामा कित्ताकाट गर्न रोक, टुक्रा जग्गा भने किनबेच गर्न पाइने

बाढीले सडक बगाउँदा मेलम्ची-जिरोकिलो सडक अवरुद्ध Read Next

बाढीले सडक बगाउँदा मेलम्ची-जिरोकिलो सडक अवरुद्ध