युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरले ‘स्टार्टअप अवार्ड’ आयोजना गर्ने, विजेताले डेढ लाख पाउने

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च काठमाडौंै च्याप्टरले नेपाली युवा उद्यमी मञ्च काठमाडौं स्टार्टअप अवार्ड आयोजना गर्ने भएको छ ।

 

नेपाली उद्यमीलाई व्यवसायिक क्षेत्रमा लाग्न प्रेरित गर्ने र साथ प्रदान गर्ने उद्देश्यले यस वर्ष उत्कृष्ट स्टार्टअप आइडियालाई पुरस्कृत गर्ने भएको हो । संस्थाले यो कार्यक्रम मार्फत नयाँ उद्यमीहरुलाई आवश्यक पर्ने एक्पोजर, मेन्टोरसिप र लगानीको अवसर प्रदान गर्नेछ ।

 

यस अवार्ड कार्यक्रममा सहभागी हुन चाहने उद्यमीको लागि निश्चित मापदण्ड तोकिएको छ । सहभागी हुन चाहने स्टार्टअप कम्पनीहरु नेपाल सरकारले तोकेको कार्यालयमा दर्ता भएको हुनुपर्नेछ । त्यस्तै स्टार्टअप स्थापना भएर ५ वर्ष नकटेको हुनु पर्नेछ । स्टार्टअपले प्रदान गरिएको अथवा गर्न चाहेको वस्तु उत्पादन अथवा सेवा तयारी अवस्थामा हुनुपर्नेछ ।

 

स्टार्टअपले आफ्नो सबैभन्दा नजिकको समयमा गरिएको अडिटेड वित्तीय विवरण (अडिट रिपोर्ट) बुझाउनु पर्नेछ । अडिटेड वित्तीय विवरण नभएको खण्डमा प्रोभिजनल वित्तीय विवरण बुझाउनु पर्नेछ । यी सबै आवश्यक कागजपत्र पेश गरेपछि कार्यक्रम आयोजकले तोकेको समयमा उपस्थित हुने कम्पनीहरु मात्र अवार्डको लागि योग्य हुनेछन् ।

 

नेपाली युवा उद्यमी मञ्चको सदस्यता लिएको उद्यमीले संचालन गरेको कम्पनी भने सहभागी हुन पाउने छैनन् । यस प्रतिस्पर्धामा पहिलो र दोस्रो तथा पिपुल्स च्वाईस अवार्ड प्रदान गरिनेछ । उक्त स्टार्टअप अवार्डमा उत्कृष्टले क्रमशः १ लाख ५० हजार, ७५ हजार तथा ५० हजार नगद उपहार प्राप्त गर्नेछन । यस कार्यक्रमको मुख्य प्रायोजक सगरमाथा इन्स्सोरेन्स र सह प्रायोजक सिद्धार्थ बैंक लिमिटेड रहेका छन् ।

 

सरकारले नेपालमा स्टार्टअप उद्यमी विकासको लागि १ अर्ब रुपैयाँ विनियोजन गरेको छ । जसमा नयाँ स्टार्ट अपहरुले परियोजनाको आधारमा २५ लाख बिना धितो पाउन सक्ने प्रावधान राखिएको छ । यस घोषणाले हाम्रा नेपाली उद्यमीहरु पूरा लाभान्भित हुनेछन् र उद्यमी परिदृश्य विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

 

उद्यमीको विकास गर्ने लक्ष्य लिएको यस संस्थाले विभिन्न टकशो, मेन्टोरसिप विक, मास्टरक्लास र अरु विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको छ ।

 

‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ लाइसेन्स, ढिलो र झन्झटिलो व्यवस्था Read Previous

‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ लाइसेन्स, ढिलो र झन्झटिलो व्यवस्था

हालसम्मकै ठूलो आइपीओ ल्याएको निफ्राको नाफा घट्यो, यस्तो छ वित्तीय अवस्था Read Next

हालसम्मकै ठूलो आइपीओ ल्याएको निफ्राको नाफा घट्यो, यस्तो छ वित्तीय अवस्था