गोर्खा इको प्यानलका उत्पादन आधिकारिक विक्रेताबाट मात्र खरिद गर्न आग्रह

काठमाडौं । गोर्खा इको प्यानलले आफ्ना उत्पादनहरु आधिकारिक विक्रेताबाट मात्र खरिद गर्न ग्राहकलाई आग्रह गरेको छ ।

 

पछिल्लो समय बजारमा गोरखा इको प्यानलको नामसँग मिल्दोजुल्दो सामान उत्पादन तथा विक्री हुन थालेको भन्दै कम्पनीले आफ्ना आधिकारिक डिलबारबाट मात्र खरिद गर्न आग्रह गरेको हो ।

 

‘नक्कली सामानदेखि सावधान ! उस्तैउस्तै नामबाट नझुक्किन हामी तपाईहरुलाई सचेत गराउन चाहन्छौं । इको प्यानल भनेकै गोर्खा इको प्यानल हो र गोर्खा इको प्यानल भनेकै इको प्यानल हो । त्यसकारण बजारमा चलेको हल्लाको पछाडि नलागी इको प्यानल खरिद गर्दा गोर्खा इको प्यानलको मुख्य कार्यालय र आधिकारिक विक्रेताबाट मात्र खरिद गरिदिन हुन अनुरोध गर्दछौं,’ कम्पनीले भनेको छ ।

 

नयाँ संचालक समितिमा अध्यक्ष विश्वराम कवां, संचालक सदस्य कृष्णराम देउपाला र हरिराम बुह्यो बाहेक अन्य व्यक्तिसँग कुनै पनि किसिमको कारोबार नगर्न कम्पनीले अनुरोध गरेको छ ।

 

गोर्खा इको प्यानल नेपालमै पहिलो पल्ट उत्पादित इको प्यानल हो । गोर्खा इको प्यानलको उत्पादन इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिले ‘निर्माण सामाग्रीमा हरित क्रान्ति’ नाराका साथ २०७२ सालदेखि आफनो उत्पादन थालेको हो । हाम्रो यस संस्था आईएसओ ९००१ः२०१५ बाट मान्यता प्राप्त पनि छ । गा्रहकको सेवा, उपभोक्ता चाहना, र गुणस्तरीय उत्पादन नै गोर्खा इको प्यानलको मूल लक्ष्य हो ।

हाइड्रो चम्किँदा नेप्सेले फेरि बनायो कीर्तिमान, यी १३ कम्पनीका लगानीकर्ता मालामाल Read Previous

हाइड्रो चम्किँदा नेप्सेले फेरि बनायो कीर्तिमान, यी १३ कम्पनीका लगानीकर्ता मालामाल

स्मार्ट लाइसेन्स छपाइमा ढिलाइप्रति छानबिन गरी कारबाही गर्न निर्देशन Read Next

स्मार्ट लाइसेन्स छपाइमा ढिलाइप्रति छानबिन गरी कारबाही गर्न निर्देशन