हाइड्रो चम्किँदा नेप्सेले फेरि बनायो कीर्तिमान, यी १३ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजारले फेरि ऐतिहासिक कीर्तिमान बनाएको छ । हाइड्रोपावर समूहको सेयरमा चमक आउँदा नेप्सले आज फेरि सर्वाधिक उच्च विन्दुको नयाँ रेकर्ड बनाएको हो ।

 

आज नेप्सेले ३१२३ विन्दु चुम्दै इतिहासकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । नेप्से ३१२० विन्दु माथि पुगेको इतिहासमै पहिलो पटक हो । यसअघि मंगलबार मात्रै नेप्सेले इतिहासकै सर्वाधिक ३१११ विन्दुको रेकर्ड बनाएको थियो ।

 

सूचकले नयाँ रेकर्ड बनाएको दिन कारोबार रकममा पनि उछाल आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४ अर्बले बढेर साढे १५ अर्ब बढीको कारोबार भएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से १२.०५ अंकले बढेर ३१२३.१५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२५ कम्पनीको १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रुपैयाँ बराबरको २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ६ समूहको परिसूचकमा हरियाली छाएको छ भने ७ समूहको परिसूचक राताम्मे भएका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै ५.८१ प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स समूह २.१० प्रतिशतले बढेको छ ।

 

आज कारोबारमा आएका २२५ कम्पनीमध्ये १११ कम्पनीको सेयर मूल्य बढेको छ भने १०१कम्पनीको मूल्यमा गिरावट आएको छ । १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज अपी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको साढे ७९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अरुण भ्याली ५६ करोड र सानिमा माइ हाइड्रोपावर ५० करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

 

दोहोरो अंकले बढेको बजारमा आज १० कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । अपी पावर, खानीखोला, दिव्यश्वरी, कालिका पावर अपर तामाकोशी, घलेम्दी हाइड्रोपावर र युनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

 

यसैगरी, जीवन विकास लघुवित्त, नारायणी विकास बैंक र साञ्जेन जलविद्युत्का सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । यस्तै, आँखुखोला जलविद्युत् ९.१६ प्रतिशत, पाँचथर पावर र अरुण भ्याली हाइड्रोपावरको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

बढ्दो बजारमा आज ङादी पावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै ५.३८ प्रतिशत गुमाएका छन् ।

कोरोनाका बीच होटलमा शङ्कर ग्रुपको ८ अर्ब लगानी, नक्सालमा ५ तारे होटल धमाधम बन्दै Read Previous

कोरोनाका बीच होटलमा शङ्कर ग्रुपको ८ अर्ब लगानी, नक्सालमा ५ तारे होटल धमाधम बन्दै

गोर्खा इको प्यानलका उत्पादन आधिकारिक विक्रेताबाट मात्र खरिद गर्न आग्रह Read Next

गोर्खा इको प्यानलका उत्पादन आधिकारिक विक्रेताबाट मात्र खरिद गर्न आग्रह