बहुप्रतिक्षित होन्डा सीबी ३५० आरएसको विक्री शुरु

काठमाडौं । होन्डाले रेट्रो डिजाइन सीबी ३५० आरएस नेपालमा सार्वजनिक गरेको छ । स्याकार ट्रेडिङले नयाँ मोटरसाइकल हालै विक्री शुरु गरेको हो । होन्डा सीबी आरएसको मूल्य ७ लाख ७५ हजार रुपैयाँ निर्धारण गरेर विक्री शुरु भएकाे हाे ।

 

असार पहिलो साता कम्पनीले हाइनेस सीबी ३५० नेपाल ल्याएको थियो । सिबी हाइनेसको सफलताबाट उत्साहित बनेको कम्पनीले रेट्रो डिजाइनमा नयाँ मोटरसाइकल साउन सीबी ३५० आरएसको नेपालमा विक्री शुरु गरेको छ ।

 

सीबी ३५० आरएस मोर्डन डिजाइनमा आएको रेट्रो क्लासीक मोटरसाइकल हो । यो मोटरसाइकलमा सीबी ३५० हाइनेसका अधिकांश फिचर प्रयोग भएको छ ।

 

यो मोटरसाइकलमा ३४८ सीसी सिंगल सिलिन्डर, एयरकुल्ड, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ५५०० आरपीएममा अधिकतम २०.८ बीएच पावर तथा ३००० आरपीएममा अधिकतम ३० एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर बक्सका साथै मल्टिप्लेट वेट क्लच उपलब्ध रहेको छ ।

 

सीबी ३५० आरएसको लम्बाई २१७१ एमएम, चौडाई ८०४ एमएम, उचाई १०९७ एमएम, ह्वीलबेस १४४१ एमएम, सिट हाइट ८०० एमएम रहेको छ । यो मोटरसाइकलको ग्राउन्ड क्लियरेन्स १६८ एमएम छ । उच्च ग्राउन्ड क्लियरेन्स र एपस्व्यप्ट एक्जष्टले यो मोटरसाइकलाई अफरोडका लागि समेत उपर्युक्त बनाएको छ ।

 

त्यसैगरी यो मोटरसाइकलमा हाल्फ डुप्लेक्स कार्डल फ्रेमको प्रयोग गरिएको छ भने, अगाडि टेलिस्कोपिक र पछाडि ट्वीन हाइड्रोलिक सस्पेन्सन दिइएको छ । यसमा १९ इन्चको फराकिलो टायर र दुबै चक्कामा डिस्क ब्रेक पाउन सकिन्छ ।

 

सीबी ३५० आरएसमा सबै किसिमका लाइट एलइडी प्रयोग भएको छ । सेमी डिजिटल कन्सोल, ब्लुटुथ कनेक्ट फिचर, असिस्ट सिल्पर क्लच, डबल च्यानल एबीएस, स्मार्टफोन भ्वाइस कन्ट्रोल, साइड स्ट्यान्ड सेन्सर, ड्यूल टोन पेन्ट, हार्जाड लाइट जस्ता फिचरले मोटरसाइकललाई उत्कृष्ट बनाएको छ ।

अब एउटा उद्योगको पानीको जार अर्को उद्योगले साट्न नपाउने Read Previous

अब एउटा उद्योगको पानीको जार अर्को उद्योगले साट्न नपाउने

बाढीपहिरोले देशभरका १५८ सडक अवरुद्ध, ८० करोड बढीको क्षति Read Next

बाढीपहिरोले देशभरका १५८ सडक अवरुद्ध, ८० करोड बढीको क्षति