साधना लघुवित्तको नाफा तीन गुणाले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । साधना लघुुवित्त वित्तीय संस्थाको खुद नाफा करिब तीन गुणाले बढेको छ । लघुवित्तले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार ११ करोड ७० लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

 

यो अघिल्लो आवको सोही अवधिको तुलानामा १९६.३४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको चैथो त्रैमाससम्म लघुवित्तले ३ करोड ९५ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

लघुवित्तको खुद ब्याज आम्दानी र प्रोभिजन गरेको रकम राइटब्याक हुँदा खुद मुनाफामा उल्लेख्य वृद्धि भएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७२.९१ प्रतिशतले बढेर २४ करोड २६ लाख रुपैयाँ पुगेको छ । यस्तै, समीक्षा अवधिमा लघुवित्तले ३ करोड ३७ लाख रुपैयाँ राइटब्याक गरेको छ ।

 

समीक्षा अवधिमा लघुवित्तले ८३ करोड निक्षेप संकलन र २ अर्ब ७५ करोड सापटी लिइ कुल ३ अर्ब २६ करोड कर्जा प्रवाह गरेको छ । हाल २५ करोड ६९ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १३ करोड ४३ संचित रहेको छ ।

 

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी तीन गुणाले बढेर १५.३८ रुपैयाँबाट ४५.५७ रुपैयाँ पुगेको छ । लघुवित्तको खराब कर्जा भने ०.८१प्रतिशतबाट बढेर २.०२ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १५२.२९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३६.९१ प्रतिशत रहेको छ ।

फास्ट ट्रयाकका लागि ललितपुरमा जग्गा अधिग्रहण तीव्र, जग्गाधनीले प्रतिआना कति पाउँछन् ? Read Previous

फास्ट ट्रयाकका लागि ललितपुरमा जग्गा अधिग्रहण तीव्र, जग्गाधनीले प्रतिआना कति पाउँछन् ?

माउन्टेन इनर्जीले बनाएको म्रिस्तीखोलाबाट व्यावसायिक विद्युत् उत्पादन शुरु Read Next

माउन्टेन इनर्जीले बनाएको म्रिस्तीखोलाबाट व्यावसायिक विद्युत् उत्पादन शुरु