काठमाडौं । अनाधिकृतरुपमा सेयर खरीद गरेको भन्ने विवरण सार्वजनिक भएपछि अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्जलाई स्पष्टीकरण सोधेको छ ।
बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्न लागेको सवोत्तमको सेयर भित्रि रुपमा श्रीमतीको नाममा किनेको समाचार बाहिरिएपछि मन्त्रालयले नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई स्पष्टीकरण सोधेको हो ।
मन्त्रालयले विभिन्न सञ्चारमाध्यमा आएका विभिन्न विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यथार्थता के हो ? सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र यस मन्त्रालयमा उपलब्ध गराइदिन भनिएको छ ।
मन्त्रालयले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई पनि सोही बेहोराको पत्र लेख्दै स्पष्टीकरण सोधेको थियो ।