एकैपटक ३ कम्पनीले पाए आइपीओ जारी गर्न अनुमति, कुनको कति कित्ता आउँदै ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकैपटक तीन हाइड्रोपावर कम्पनीलाई प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति दिएको छ ।

 

बोर्डले तीन कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ५७ लाख ५० हजार कित्ता सेयर विक्री गर्न अनुमति दिएको हो ।

 

बोर्डले सहास ऊर्जा कम्पनीलाई १ करोड ५ लाख कित्ता, न्यादी हाइड्रोपावरलाई ४० लाख ५० हजार कित्ता र बुद्धभूमि हाइड्रोपावरलाई १२ लाख कित्ता सेयर जारी गर्न अनुमति दिएको हो ।

 

अनुमति पाएका तीन वटै कम्पनीले अब आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणमा सेयर जारी गर्नेछन् ।

 

न्यादी हाइड्रोपावरले ग्लोबल आइएमई क्यापिटल, साहास ऊर्जाले  एनआईबिएल एस क्यापिटल र बुद्धभूमि हाइड्रोपावरले सिभिल क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरेका हुन् ।

 

आइपीओ जारी गर्न यसअघि नै तीनवटै कम्पनीले विक्री प्रबन्धक समेत नियुक्त गरिसकेका छन् । बोर्डबाट अनुमति पाएको २ महिनाभित्र आइपीओ जारी गर्नुपर्ने व्यवस्था छ ।

 

एनआइबीएल प्रगति फण्डको बम्पर लाभांश घोषणा Read Previous

एनआइबीएल प्रगति फण्डको बम्पर लाभांश घोषणा

श्रीमतीको नाममा सेयर किन्ने नेप्सेका सीईओ साउदलाई अर्थले सोध्यो स्पष्टीकरण Read Next

श्रीमतीको नाममा सेयर किन्ने नेप्सेका सीईओ साउदलाई अर्थले सोध्यो स्पष्टीकरण