एनआइबीएल प्रगति फण्डको बम्पर लाभांश घोषणा

काठमाडौं । एनआइबीएल प्रगति फण्डले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट बम्पर लाभांश घोषणा गरेको छ ।

 

योजना व्यवस्थापक एनआइबील एस क्यापिटलको बिहीबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई कर सहित ५० प्रतिशत नगद दिने घोषणा गरेको हो ।

 

यस्तो, क्यापिटलको सोही बैठकले एनआइबील समृद्धि फण्ड–१ का सेयरधनीलाई ३५ प्रतिशत र एनआइबील सहभागिता फण्डका सेयरधनीलाई ५० प्रतिशत नगद दिने घोषणा गरेको छ ।

 

यी तीन वटै म्युचुअल फण्डको योजना व्यवस्थापकमा एनआइबीएल एस क्यापिटल रहेको छ । यसलाई नेपाल इन्भेष्टमेन्ट बैंकले प्रवद्र्धन गरेको हो ।

कोरोनाको खोप लगाए बापत १०० डलर पाइने Read Previous

कोरोनाको खोप लगाए बापत १०० डलर पाइने

एकैपटक ३ कम्पनीले पाए आइपीओ जारी गर्न अनुमति, कुनको कति कित्ता आउँदै ? Read Next

एकैपटक ३ कम्पनीले पाए आइपीओ जारी गर्न अनुमति, कुनको कति कित्ता आउँदै ?