नेप्सेमा दोहोरो अंकको करेक्शन, यी ९ कम्पनीका लगानीकर्ता भने मालामाल

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको करेक्शन आएके छ । बुधबार इतिहासकै सर्वाधि विन्दुको कीर्तिमान बनाएको बजारमा आज करेक्शन आएको हो ।

 

तीव्र उतरचढाव देखिएको बजार यस साता समग्रमा करिब २२ अंकले बढेको छ । सूचकसँगै आज कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । यससाता औसतमा दैनिक १४ अर्ब माथि कारोबार हुँदै आएकोमा आज करिब ११ अर्बमा सीमित भएको छ ।

 

प्रफिट बुक गर्ने हाबी हुँदा सूचकसँगै कारोबार रकम पनि घटेको अनुमान गरिएको छ । आज सेयर बजार मापक सूचक नेप्से १५.१३ अंकले घटेर ३०७९.८२ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१७ कम्पनीको १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँ बराबरको २ करोड ६० लाख ४० हजार २३ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये होटल तथा पर्यटन र विकास बैंक बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएक छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१७ प्रतिशतले बढेको छ भनेफाइनान्स समूह १.९६ प्रतिशतले घटेको छ ।

 

आज कारोबारमा आएका २१७ कम्पनीमध्ये ७२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३९ कम्पनीको मूल्यमा गिरावट आएको छ । ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज गुडविल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ३४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा हिमालयन डिस्ट्रीलरी २९ करोड र युनाइटेड मोदी हाइड्रोपावरको २५ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

 

दोहोरो अंकले घटेको बजारमा आज रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् ।

 

यस्तै, आज जीवन विकास लघुवित्त ८.२२ प्रतिशत, सप्तकोशी विकास बैंक ७.६५, युनाइटेड इदीमार्दी हाइड्रोपावर ७.५५, चन्द्रागिरी हिल्स ६.०५, सिन्धु विकास बैंक, वरुण हाइड्रोपावर, लुम्बिनी र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

घट्दो बजारमा आज गुडविल फाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै ७.३३ प्रतिशत गुमाएका छन् ।

चन्द्रागिरीको सेयर मूल्य उच्च अंकले वृद्धि, किन झुम्मिए लगानीकर्ता ? Read Previous

चन्द्रागिरीको सेयर मूल्य उच्च अंकले वृद्धि, किन झुम्मिए लगानीकर्ता ?

रेलका लागि छुट्याइएको बजेट आधा मात्र खर्च, कुन रेलमार्गको कति भयो काम ? Read Next

रेलका लागि छुट्याइएको बजेट आधा मात्र खर्च, कुन रेलमार्गको कति भयो काम ?