काठमाडौं । मेलम्चीका बाढीपीडित आधिकारीक सबडिलरहरुलाई डिशहोमले आर्थिक सहयोग गरेको छ । डिशहोमले बाढीबाट अति प्रभावित मेलम्चीका ५ जना सबडिलरहरुलाई जनही १ लाख रुपैयाँ राहत स्वरुव प्रदान गरेको हो ।
शुरुवाती समयदेखि डिशहोमको डिलरको रुपमा जोडिएका व्यवसयीले संचालन गरिरहेको पसलमा बाढीका कारण सम्पूर्ण सामानसंगै डिशहोमको उपकरण (एण्टेना, सेटटप बक्स) मा समेत क्षति पुगेको थियो ।
मेलम्ची क्षेत्रमा रहेका डिशहोमका ग्राहकहरुलाई रिचार्ज तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउन सहज होस् भन्ने उद्देश्यले सबडिलरलाई सहयोग गरिएको कम्पनीले जनाएको छ ।
डिशहोमको तर्फबाट रिजनल सेल्स म्यानेजर मनोज शर्मा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले राहत रकम हस्तान्तरण गरेका हुन् । बाढी बाट अति प्रभावित सबडिलर झलक बहादुर पण्डित, नेत्र बहादुर खड्का, दुलाल फोटो स्टुडियो, नवराज आचार्य र दिनेश बरुवाललाई राहत रकम प्रदान गरिएको हो ।
यस राहत रकमको माध्यमबाट पीडित सबडिलरहरुलाई थौरै मात्रामा भए पनि राहत महसुस हुनुका साथै आफ्नो व्यवसाय लाई पुनः सुचारु गर्नकालागि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।