एनएलजी इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

 

कम्पनीले साउन २१ गते १५ औं वार्षिक साधरण सभा बोलाएको छ । सभा प्रयोजनाका लागि कम्पनीले साउन १४ गते (भोलि) बुकक्लोज मिति तोकेको छ । तसर्थ, आजसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

 

कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

 

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्।

 

अर्थशास्त्री विश्व पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त Read Previous

अर्थशास्त्री विश्व पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त

सबैको लघुवित्तको नाफा तीन गुणाले बढ्यो, प्रतिसेयर आम्दानी कति ? Read Next

सबैको लघुवित्तको नाफा तीन गुणाले बढ्यो, प्रतिसेयर आम्दानी कति ?