सबैको लघुवित्तको नाफा तीन गुणाले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले खुद नाफामा छलाङ मारेको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुदा नाफा २३१.६८ प्रतिशतले वृद्धि भएको छ ।

 

लघुवित्तले गत आवको असार मसान्तसम्म ११ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३ गुणाभन्दा धेरैले बढी हो । लघुवित्तले आव २०७६/७७ को असार मसान्तसम्म ३ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानीमा सुधार आउँदा र प्रोभिजन राइटब्याक हुँदा नाफामा वृद्धि भएको हो । लघुवित्तको खुद ब्याज आम्दानी ४९ प्रतिशतले बढेर २३ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

 

२० करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १२ करोड ८० रुपैयाँ सञ्चित छ।समीक्षा अवधिसम्ममा लघुवित्तले ९८ करोड २८ लाख रुपैयाँ निक्षेप र २ अर्ब ४० करोड रुपैयाँ सापटी लिई ३ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

 

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी तीन गुणाले बढेर ५५.४९ रुपैयाँ पुगेको छ । यस्तै, लघुवित्तको प्रतिसेयर नेटवर्थ १६२.१३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३१.७१ गुणा र खराब कर्जा २.२५ प्रतिशत रहेको छ ।

एनएलजी इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

एनएलजी इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

ठूला कम्पनी र बैंकहरु धमाधम सुरक्षा कोषमा आबद्ध, कुन-कुन कम्पनी सूचीकृत भए ? Read Next

ठूला कम्पनी र बैंकहरु धमाधम सुरक्षा कोषमा आबद्ध, कुन-कुन कम्पनी सूचीकृत भए ?