गाडी किन्न एनएमबी बैंकले ८.४९ प्रतिशतमै ऋण दिने, २४ घण्टामै स्वीकृत हुने
चाणक्य पोष्ट
प्रकाशित : 4:14 pm, सोमबार, साउन ११, २०७८

Advertisement Section

काठमाडौं । एनएमबी बैंकले सवारी कर्जामा नयाँ स्कीम ल्याएको छ । बैंकले वार्षिक ८.४९ प्रतिशत ब्याजदरमै गाडी किन्न कर्जा दिने स्कीम ल्याएको हो ।

 

उक्त स्कीम अन्तर्गत लिइने ऋणको ब्याजदर ५ वर्षसम्म स्थिर (एउटै ब्याजदर) रहने बैंकले जनाएको छ । बैंकका अनुसार कागजपत्र बुझाएको २४ घण्टामै ऋण स्वीकृत हुनेछ ।

 

विद्युतीय गाडीको हकमा भने एनएमबीले बेस रेट (आधारदर)मै कर्जा प्रदान गर्दै आइरहेको छ । असारको बैंकको बेस रेट ७.३३ प्रतिशत रहेको छ ।

 

ग्राहकको आफ्नै गाडी चढ्ने सपना पूरा गर्न एउटै ब्याजदरले झन सघाउ पुर्याउने विश्वास बैंकको छ । देशभरका १८१ शाखामध्ये जुनसुकै शाखाबाट पनि ऋण लिन सकिने बैंकले जनाएको छ ।

Advertisement Section