लघुवित्तलाई २० प्रतिशतभन्दा बढी लाभांश बाँड्न कडाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई लाभांश वितरणमा कडाइ गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७७ लाई संशोधन गर्दै २० प्रतिशतभन्दा बढी लाभांश बाँड्न कडाइ गरेको हो ।

 

नयाँ व्यवस्था अनुसार लघुवित्तले २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नु पर्नेछ ।

 

यस्तै, लघुवित्तको प्रोभिजनको व्यवस्थालाई परिवर्तन गर्दै राष्ट्र बैंकले थप ०.३ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था गरेको छ ।

 

‘कोरोनाका कारणले बैंकिङ सम्पत्तिको गुणस्तरमा परेको प्रभावलाई दृष्टिगत गरी समग्र वित्तीय स्थायित्व प्रबर्धन गर्न असल वर्गमा वर्गीकरण भएका कर्जाको हकमा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले आव २०७७/७८ को वार्षिक वित्तीय विवरण तयार गर्दादेखि साधारण कर्जा नोक्सानी व्यवस्था १ प्रतिशतको अतिरिक्त ०.३ प्रतिशत थप गरी कुल १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ,’ निर्देशिकामा भनिएको छ ।

 

गाडी किन्न एनएमबी बैंकले ८.४९ प्रतिशतमै ऋण दिने, २४ घण्टामै स्वीकृत हुने Read Previous

गाडी किन्न एनएमबी बैंकले ८.४९ प्रतिशतमै ऋण दिने, २४ घण्टामै स्वीकृत हुने

प्रोग्रेसिभ फाइनान्सले शुरु गर्‍यो ऋण अटोमेसन प्रणाली Read Next

प्रोग्रेसिभ फाइनान्सले शुरु गर्‍यो ऋण अटोमेसन प्रणाली