किसान लघुवित्तले एफीओ जारी गर्न माग्यो अनुमति, प्रतिकित्ता मूल्य कति ?

FPO

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले थप मूल्यमा सेयर (एफपीओ) जारी गर्न अनुमति मागेको छ । लघुवित्तले १२ लाख ९८ हजार २५९.४९ कित्ता एफपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

 

लघुवित्तले १०० रुपैयाँ अंकित मूल्यमा २५ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता १२५ रुपैयाँदरले १६ करोड २२ लाख ८२ हजार ४३६ रुपैयाँ बराबरको सेयर जारी गर्न माग गरेको हो ।

 

अब बोर्डको अनुमतिपछि एफपीओ जारी गर्ने कम्पनीले जनाएको छ । कम्पनीले एफपीओ जारी गर्न यसअघि नै रेटिङ समेत गराइसकेको छ ।

 

कम्पनीको एफपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी माइनस (डबल बी माइनस)’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था र वित्तीय दायित्व वहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको जनाउँछ ।

 

यस्तै, एफपीओ जारी गर्न लघुवित्तले यसअघि नै मुक्तिनाथ क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

सिभिल बैंक अब 'फरक' र 'बलियो' बैंकको रूपमा उदाउने छ : सीईओ पोखरेलको अन्तर्वार्ता Read Previous

सिभिल बैंक अब 'फरक' र 'बलियो' बैंकको रूपमा उदाउने छ : सीईओ पोखरेलको अन्तर्वार्ता

बैंक चम्किँदा नेप्सेले बनायो ऐतिहासिक कीर्तिमान, यी १२ कम्पनीका लगानीकर्ता मालामाल Read Next

बैंक चम्किँदा नेप्सेले बनायो ऐतिहासिक कीर्तिमान, यी १२ कम्पनीका लगानीकर्ता मालामाल