काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले स्वास्थ्य परीक्षण नगरी खसीबोका भित्रीन नदिने बताएका छन् ।
सार्वजनिक निजी उत्पादक साझेदारी मोडेलमा बधशाला निर्माण सम्बन्धी कार्यक्रममा बोल्दै उनले कुनै हालतमा स्वस्थ परीक्षण नगरी खसीबोका नेपाल ल्याउन नदिने बताएका हुन् ।‘संसार भरिका रोग हुल्ने गरि नेपालमा स्वस्थ परीक्षण नगरी खसीबोका ल्याउन त दिदैनौँ,’ मन्त्री खनालले भने ।
नेपाल विश्व स्वास्थ संगठनमा गएको रास्ट्र भएकोले खसीबोका आयातमा प्रतिबन्ध नलगाएको भन्दै मन्त्री खनालले स्वस्थ र निरोगी खसीबोका मात्र ल्याउन दिने बताएका छन् ।
निरोगिताको प्रमाणपत्रका आधारमा आयात गर्न आग्रह गर्दा केही व्यावसायीले घेराबन्दी गर्न खोजेको मन्त्री खनालको भनाई थियो ।’दशैँमा त देख्लास भनेका छन्, मन्त्री खनालले भने, ’मैले केही फरक पर्दैन, केही कम खाइएला नभए कुखुरामा हामी आत्म निर्भर छौँ, त्यसैमा जोड गर्नु पर्ला भनेको छु,’ मन्त्री खनालले भने ।
उनले उत्पादन पर्याप्त भए आयात गर्न नपर्ने भन्दै आफैं उत्पादनमा जोड दिनुपर्ने र मात्र स्वस्थकर खान सकिने उनले बताए ।
कार्यक्रममा हेफर नेपालले विराटनगर, बुटवल, पोखरा, भरतपुर र कोहलपुरमा ५ वटा आधुनिक बधशाला निर्माण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ ।
त्यसका लागि भौतिक संरचना निर्माणका लागि स्थानीय र प्रदेश सरकारबाट ३२ करोड र खसी बाख्रा उत्पादक महिला किसान र मासु व्यवसायीको तर्फबाट २२ करोड भन्दा बढीको सेयर लगानीको प्रतिवद्धता आएको हेफरले जनाएको छ