सेयर बजारमा झिनो अंकको सुधार

काठमाडौं । सेयर बजारमा बुधबार झिनो अंकको सुधार देखिएको छ । सेयर बजार सूचक मापक नेप्से ०.४२ अंकले बढेर १२१४.०५ अंकमा पुगेको छ ।

 

आज १६१ कम्पनीको २९ करोड २६ लाख ४१ हजार ७१८ रुपैयाँको सेयर कारोबार भएको छ । १२ लाख ७० हजार ११८ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

 

कारोबार भएका कुल १२ वटा समूहमध्ये ४ समूहका सूचक बढेको छ भने ८ समूहको सूचक ओरालो लागेका छन् । आज सबैभन्दा धेरै व्यापार समूहको सूचक ७.१ अंकले बढेको छ भने होटल समूहको १५.१८ अंकले घटेको छ । वाणिज्य बैंक समूह ०.०४ अंकले तल झरेको छ ।

 

कारोबार रकममा आधारमा सोल्टी होटल शीर्ष स्थानमा रहेको छ । सोल्टीको ४ करोड २० लाख २१ हजार ६४४ रुपैयाँको कारोबार भएको छ ।

 

आज सबैभन्दा धेरै विशाल बजार कम्पनीको सेयर मूल्य ५.७३% ले बढेको छ भने गणपति माइक्रोफाइनान्सकाको मूल्य ५.४४%ले घटेको छ ।

स्वास्थ परीक्षण नगरी खसीबोका नेपाल भित्र्याउन नपाइने Read Previous

स्वास्थ परीक्षण नगरी खसीबोका नेपाल भित्र्याउन नपाइने

फास्ट ट्रयाकको डिपिआर स्वीकृत, अनुमानित लागत १ खर्ब ७५ अर्ब Read Next

फास्ट ट्रयाकको डिपिआर स्वीकृत, अनुमानित लागत १ खर्ब ७५ अर्ब