आदर्श लघुवित्तले आइपीओ ल्याउँदै, विक्री प्रबन्धक नियुक्त

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्ने भएको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको हो ।

 

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको लघुवित्तले आफ्नो जारी पूँजी २ करोडको ३० प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।

 

यसैक्रममा, लघुत्तिले आइपीओ निष्काशनका लागि बीओके क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता अनुसार सेयर निष्काशन भईसकेपछि सेयर रजिष्ट्रारको कार्य समेत बीओकेले नै गर्नेछ ।

 

लघुवित्तको असार ३१ गते सम्पन्न भएको तेस्रो वार्षिक साधारण सभाले सर्वसाधारणमा साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

 

हाल १ करोड ४० लाख चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओपछि चुक्ता पूँजी २ करोड पुग्नेछ ।

जताततै जाम हुने गरी यातायात व्यवसायी किन उत्रिए सडकमा ? Read Previous

जताततै जाम हुने गरी यातायात व्यवसायी किन उत्रिए सडकमा ?

बैंक चम्किँदा नेप्सेमा दोहोरो अंकको वृद्धि, यी ११ कम्पनीका लगानीकर्ता मालामाल Read Next

बैंक चम्किँदा नेप्सेमा दोहोरो अंकको वृद्धि, यी ११ कम्पनीका लगानीकर्ता मालामाल