जताततै जाम हुने गरी यातायात व्यवसायी किन उत्रिए सडकमा ?

काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरुले बिहीबार विभिन्न ७ बुँदै माग राख्दै प्रदर्शन गरेका छन् । यातायात केन्द्रीय महासंघ नेपालको अगुवाइमा व्यवसायीले चक्रपथ वरपरका विभिन्न स्थानमा र्‍याली निकालेका हुन् ।

 

व्यवसायीहरुले भाडा समायोजन, सबै मजदुरलाई कोरोनाको खोप, २० वर्ष पुगेका सवारीको अवधि थप सम्बन्धमा, यातायातको बीमा छुट, कागजपत्र नवीकरण तथा जरिवाना छुट लगायत माग राखेर प्रदर्शन गरेका हुन् ।

 

व्यवसायीको र्‍याली का कारण बिहान कोटेश्वर, चाबहिल, सातदोबाटो लगायत स्थानमा ट्राफिक जाम भएको थियो । जामका व्यवस्थापन गर्न कारण ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको थियो भने काममा हिँडेका सर्वसाधरणले सास्ती भोग्नु परेको थियो ।

 

सरकारले अन्तर प्रदेशको यातायातको भाडा वृद्धि गरे पनि प्रदेश भित्र र स्थानीय रुटमा चल्ने सार्वजनिक गाडीको भाडा समायोजन नगर्दा व्यवसायी सवारी चलाउनै नसक्ने अवस्थामा पुगेको संघको भनाइ छ ।

यती एयरलाइन्सको सहयोगमा विमानस्थलको मूलगेटमा ट्राफिक बत्ती जडान Read Previous

यती एयरलाइन्सको सहयोगमा विमानस्थलको मूलगेटमा ट्राफिक बत्ती जडान

आदर्श लघुवित्तले आइपीओ ल्याउँदै, विक्री प्रबन्धक नियुक्त Read Next

आदर्श लघुवित्तले आइपीओ ल्याउँदै, विक्री प्रबन्धक नियुक्त