१५ वटा बैंकको प्रणाली ह्याक गरेर पैसा चोर्ने धम्की, आतंकित नहुन राष्ट्र बैंकको आग्रह

काठमाडौं । ह्याकरहरुले नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरेर पैसा चोर्न धम्की दिएपछि बैंकिङ क्षेत्र आतंकित भएको छ ।

 

ह्याकरहरुले बैंकहरुलाई बुधबार दिउँसो ३ः२८ बजे इमेलमार्फत अफलाइन र अनलाइन दुवै तरिकाबाट पैसा चोरी गर्ने भन्दै सन्देश पठाएपछि बैंकिङ क्षेत्र तरंगित भएको हो ।

 

इम्पोर्टेन्ट डट इन एटयानडेक्स डटकमबाट पठाइएको इमेलमा पत्रलाई खेलाँचीका रूपमा नलिन चेतावनी समेत दिइएको छ ।

 

ह्याकरले नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल, राष्ट्रिय वाणिज्य, माछापुच्छ्रे, एनएमबी, एनआइसी एशिया, बैंक अफ काठमाण्डू, सिटिजन्स इन्टरनेशनल, सानिमा, नेपाल एसबीआइ, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकलाई इमेल गर्दै पौसा चोर्न धम्की दिएका थिए ।

 

यता, नेपाल राष्ट्र बैंकले भने ह्याकरको धम्कीबाट आतंकित र त्रसित नहुनसबैलाई आग्रह गरेको छ । बैंकिङ प्रणालीमा कुनै हमला नभएको भन्दै राष्ट्र बैंकले सिस्टम सुरक्षित रहेको जनाएको छ ।

 

ह्याकरहरुले आतंक फैलाउन यस्तो फण्डा मच्चाएको भन्दै राष्ट्र बैंकले सबैलाई ढुक्क हुन आग्रह गरेको छ । यसबार थप अनुसन्धान अघि बढाइए राष्ट्र बैंकले जनाएको छ ।

लक्ष्मी इक्वीटी फण्डको बम्पर लाभांश घोषणा Read Previous

लक्ष्मी इक्वीटी फण्डको बम्पर लाभांश घोषणा

चीनबाट गाडी आयात बढ्दो, रसुवा नाकाबाट भित्रिए ५६८ सवारीसाधन Read Next

चीनबाट गाडी आयात बढ्दो, रसुवा नाकाबाट भित्रिए ५६८ सवारीसाधन