काठमाडौं । लक्ष्मी इक्वीटी फण्डले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश घोषणा गरेको छ ।
योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटको बिहीबार विहान बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई कर सहित ३५ प्रतिशत नगद दिने घोषणा गरेको हो ।
लक्ष्मी इक्वीटी फण्डको योजना व्यवस्थापकमा लक्ष्मी क्यापिटल रहेको छ । यसलाई लक्ष्मी बैंकले प्रवद्र्धन गरेको हो ।
यसअघि लक्ष्मी क्यापिटल व्यवस्थापक रहेको लक्ष्मी उन्नति कोषले पनि २५ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो ।