कतार एयरवेज बन्यो विश्वकै उत्कृष्ट एयरलाइन्स कम्पनी, यी हुन् संसारका उत्कृष्ट १० एयरलाइन्स

काठमाडौं । कतार एयरवेज विश्वकै उत्कृट एयरलाइन्स कम्पनी बनेको छ । एयर न्यूजील्याण्डलाई पछि पार्दै कतार एयर सन् २०२१ को उत्कृट एयरलाइन्स कम्पनी बनेको हो ।

 

एयरलाइन्स रेटिङ डटकम वेबसाइटले सार्वजनिक गरेको २०२१ का उत्कृष्ट एयरलाइन्सको सूचीमा कतार शीर्ष स्थानमा परेको हो ।

 

एयरलाइन्स रेटिङ डटकमले यात्रुहरुले गरेको रिभ्यू, अफर र उडान अवधिका आधारमा एयरलाइन्स एक्सलेन्स अवार्डको समेत घोषणा गरेको छ । एयरलाइन्स रेटिङ डट कमले सामान्यतया एयरलाइन्सको रेटिङ नोभेम्बर महिनामा सार्वजनिक गर्ने गरेको भए पनि कोरोना महामारीका कारण विश्वकै परिस्थिति बदलिएकोले जुलाई महिनामा सार्वजनिक गरेको जनाएको छ ।

 

त्यस्तै, उत्कृष्ट एयरलाइन्सको सूचीमा सिंगापुर एयरलाइन्स तेस्रो स्थानमा छ । सिंगापुर एयरलाइन्सले २०१९ मा उत्कृष्ट एयरलाइन्सको उपाधि जितेको थियो । त्यस्तै, अस्ट्रियाको क्वान्टास एयरलाइन्स चौथो, दुबईको इमिरेट्स पाँचौं, हङकङको काथे प्यासिफिक छैटौं, भर्जिन एटलान्टिक, युनाइटेड एयरलाइन्स, इभा एयर र ब्रिटिश एयरवेज क्रमशः शीर्ष दशमा परेका छन् ।

 

यस्तै, एयरलाइन्स डटकमले सिंगापुर एयरलाइन्सलाई बेस्ट फस्ट क्लासको अवार्ड दिएको छ भने भर्जिन अस्ट्रेलिया एयरलाइन्सलाई बेस्ट क्याबिन क्रु को अवार्ड दिएको छ । त्यस्तै बेस्ट एयरपोर्ट लाउन्जको अवार्ड क्वान्टासले जितेको छ ।

 

त्यसैगरी युरोपको उत्कृष्ट बजेट एयरलाइन्समा इजिजेटले अवार्ड पाएको छ भने जेटस्टारले एसिया प्यासिकको उत्कृष्ट बजेट एयरलाइन्सको अवार्ड जितेको छ । त्यस्तै अमेरिकी क्षेत्रबाट साउथेष्ट एयरलाइन्सले उत्कृष्ट बजेट एयरलाइन्सको अवार्ड जितेको छ ।एजेन्सी

कृषि ऋणको अनुदान धनी व्यापारीको पोल्टामा, यी हुन् धेरै अनुदान लिने ठूला व्यापारी (सूचीसहित) Read Previous

कृषि ऋणको अनुदान धनी व्यापारीको पोल्टामा, यी हुन् धेरै अनुदान लिने ठूला व्यापारी (सूचीसहित)

साढे ५ अर्ब लगानीमा २१ वटा कृषिजन्य उद्योग खुल्दै, कुन उद्योगमा कसको लगानी ? Read Next

साढे ५ अर्ब लगानीमा २१ वटा कृषिजन्य उद्योग खुल्दै, कुन उद्योगमा कसको लगानी ?