सोलुखुम्बु । धितो रोक्का गरेको तीन महिना बितिसक्दासमेत कर्जा प्राप्त गर्न नसकेकामा सेवा ग्राहीले गुनासो गरेका छन् ।
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५का सैलुन व्यवसायी अशोककुमार ठाकुर हजामले कृषि विकास बैंक लिमिटेड शाखा कार्यालयबाट कर्जा लिन गत वैशाख १२ गते धितोबापतको जग्गा रोक्का राखेका थिए । उनले आजसम्म कर्जा प्राप्त गर्न नसकेको गुनासो गरे ।
उनले भगवतीपुर-६ सिरहा निवासी सीतादेवी हजमनीको नाउँमा रहेको जग्गा धितो राखी १८ लाख ३० हजार ६०० रुपैयाँ कर्जाका लागि माग गरेको बताए । अन्तर जिल्ला कर्जा प्रवाह नगर्न परिपत्र भएकाले समस्या भएको बैंकका शाखा प्रबन्धक घनश्याम श्रेष्ठले जानकारी दिए।रासस