काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ जीवन बीमा कम्पनीहरुले बीमा शुल्क आर्जन २९ प्रतिशतले वृद्धि गरेका छन् ।
बीमा समितिका अनुसार गत वर्षमा जीवन बीमा कम्पनीहरुले १ खर्ब २० अर्ब ५५ करोड ३३ लाख बीमा शुल्क आर्जन गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २८.७१ प्रतिशत बढी हो ।
यस्तै, गत आवमा निर्जीवन बीमा कम्पनीहरुले ३० अर्ब ९० करोड ६८ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । यो अघिल्लो आवको तुलनामा १५.३५ प्रतिशतले बढी हो ।
समितिका अनुसार गत वर्षमा जीवन बीमा कम्पनीले १५ हजार ९६४ बीमालेख बापत २ अर्ब २५ करोड २ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीले ८६ हजार ४४० बीमालेख बापत २० अर्ब १४ करोड ५१ लाख माग दाबी भुक्तानी दिन बाँकी रहेको छ ।
गत वर्षमा ९ अर्ब ८८ करोड १४ लाख रुपैयाँ बराबरका ६३ हजार ३३१ बीमालेख व्यतित भएको समितिले जनाएको छ ।
