कर गणना गर्न मेरो सेयरमा नयाँ सुविधा, यसरी छुट्याउनुस् आफ्नो सेयर अल्पकालीन कि दीर्घकालीन

काठमाडौं । नयाँ आर्थिक वर्ष शुरु भएसँगै सेयर कारोबारमा दुई प्रकारको पूँजीगत कर लाग्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।

 

अब धितोपत्र बजारमा अल्पकालीन लगानीकर्ता (१ वर्षभन्दा कम अवधिका लागि ) ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताका (१ वर्षभन्दा बढी अवधिका लागि) ५ प्रतिशत कर लागू भएको हो । यसअघि दुवै थरीका लगानीकर्तालाई समान लागि एउटै ५ प्रतिशत कर लाग्थ्यो ।

 

धितोपत्र बजारमा दीर्घकालीन लगानीलाई प्रोत्साहित गर्न र छोटो अवधिको लगानीबाटै राम्रो प्रतिफल खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्न अल्पकालीन लगानीकर्तालाई बढी पूँजीगत लाभकर लगाइएको हो ।

 

नयाँ कर व्यवस्था लागू भएसँगै सीडीएस एण्ड क्लियरिङ्ग (सीडीएससी)ले मेरो सेयर प्रणाली नयाँ सुविधा थप गरेको छ । सीडीएससी धितोपत्रको स्वामित्व (सेयर होल्ड गरेको) अवधि गणना गर्ने सुविधा ल्याएको हो ।

 

आफूले विक्री गरेको सेयर अल्पकालीन हो वा अल्पकालीन हो भन्ने यकिन गरी ट्रान्सफर गर्नको लागि my purchase source मा my holdings  भन्ने अप्सन थप गरेको हो ।

 

यसरी छुट्याउनुस् आफ्नो सेयर अल्पकालीन र दीर्घकालीन

 

my purchase source मा गएर आफूले खरिद गरेको लागत यकिन गरीसकेपछि my holding मा गएर १ वर्षभन्दा कम अवधिको सेयर भए shurt term अर्थात् ST र १ वर्ष भन्दा बढी होल्ड गरीएको सेयर भए  long term अर्थात् LT छनौट गर्नु पर्ने छ ।

 

यो प्रणालीले अर्थात् सिस्टमले नै छनौट गर्ने छ । तर सिस्टमले दिएको जानकारी गलत भए आफूले नै त्यसलाई उचित कारण वा प्रमाण दिएर सच्च्याउन सकिन्छ ।

 

त्यस्तै मर्ज वा प्राप्तिमा गएको सेयर भए  user defined merger file मा क्लिक गरी मर्जमा गएको कारण छुट प्राप्त हुने छनौट गर्न सकिने छ । त्यसपछि अपडेटमा क्लिक गरी विवरण अध्यावधिक गर्नु पर्ने छ । त्यसपछि ट्रान्सफर सेयरमा क्लिक गरी सेयर ट्रान्सफर गर्नु पर्छ ।

 

 

जनकपुर-जयनगर रेल्वे ट्रयाकको परीक्षण सकियो, अझै संचालनको टुंगो छैन Read Previous

जनकपुर-जयनगर रेल्वे ट्रयाकको परीक्षण सकियो, अझै संचालनको टुंगो छैन

हेटौंडामा अत्याधुनिक बस टर्मिनल धमाधम बन्दै, ३५ करोड खर्च हुने Read Next

हेटौंडामा अत्याधुनिक बस टर्मिनल धमाधम बन्दै, ३५ करोड खर्च हुने