हेटौंडामा अत्याधुनिक बस टर्मिनल धमाधम बन्दै, ३५ करोड खर्च हुने

सांकेतिक तस्वीर

काठमाडौं । वाग्मती प्रदेशको राजधानी हेटौँडामा अत्याधुनिक सुविधा सम्पन्न बस टर्मिलन (बसपार्क) निर्माणले तीव्ररूप लिएको छ ।

 

गत आर्थिक वर्ष २०७७/७८ मा उपमहानगरपालिकाको आफ्नै लगानीमा बस टर्मिनल निर्माण थालिएको उपमहानगर प्रमुख हरिबहादुर महतले बताए।

 

हेटौँडा–१० टिसीएनमा सुविधा सम्पन्न बस टर्मिनल निर्माणको काम धमाधम भइरहेको हो । कुल ३५ करोड रुपैयाँ लागतमा १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी रसुवा आशिष जेभी निर्माण सेवालाई जिम्मा दिइएको उपमहानगरप्रमुख महतले बताए ।

 

सुन्दर बसपार्कसहितको व्यापारिक कम्प्लेक्स निर्माण गर्न लागिएको छ । तीन तल्ला संरचनामा निर्माण सम्पन्न हुने कम्प्लेक्स र नयाँ मोडलको बसपार्क निर्माण गर्न लागिएको हो । बहुवर्षीय योजनाअनुसार बसपार्क निर्माणको काम भएको हो ।

कर गणना गर्न मेरो सेयरमा नयाँ सुविधा, यसरी छुट्याउनुस् आफ्नो सेयर अल्पकालीन कि दीर्घकालीन Read Previous

कर गणना गर्न मेरो सेयरमा नयाँ सुविधा, यसरी छुट्याउनुस् आफ्नो सेयर अल्पकालीन कि दीर्घकालीन

अलैंचीबाट १ अर्ब ३५ करोड आम्दानी Read Next

अलैंचीबाट १ अर्ब ३५ करोड आम्दानी