लामो दूरीको गाडीको नयाँ भाडादर सार्वजनिक, कुन गन्तव्यको कति ? (भाडादर सहित)

काठमाडौं । सरकारले लामो दूरीका सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक भएको छ । यातायात व्यवस्था विभागले एकसूचना जारी गर्दै लामो दूरीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

 

निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओली सरकारले जाँदाजाँदै अन्तर प्रदेशमा चल्ने सवारीसाधनको भाडादर २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको थियो । सोही अनुसार विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो ।

 

नयाँ भाडा दरअनुसार सार्वजनिक गाडीको भाडा २८ प्रतिशतले बढेको छ । यस्तै पहाडमा चल्ने मालवाहक गाडीको भाडा २० प्रतिशत र तराईमा चल्ने मालवाहक गाडीको भाडा २६ प्रतिशतले बढेको छ ।

 

यातायात मन्त्रालयले असार २७ गते नै सार्वजनिक सवारीसाधनको भाडा बढाउन विभागलाई सहमति दिएको थियो । सोही अनुसार विभागले असार २९ गतेदेखि नै नयाँ भाडादर लागू भएको बताएको थियो ।

 

नयाँ भाडादर अनुसार काठमाडौं–काँकडभिट्टाको भाडादर २९८ रुपैयाँ बढेको छ । यसअघि ११७२ रुपैयाँ रहेको यस रुटको भाडा बढेर १४७० पुगेको हो ।

 

यसैगरी, काठमाडौं–महेन्द्रनगर रुटको गाडी भाडा ३३९ रुपैयाँ बढेर १६७१ रुपैयाँ पुगेको छ । यसअघि १३३२ रुपैयाँ थियो ।

 

यस्तै, काठमान्डौं-अत्तरीया-चैनपुर (बझाङ्ग) को भाडा २००६ रुपैयाँबाट बढेर २५६८ रुपैयाँ, काठमान्डौं-अत्तरीया-मार्तवडी (बाजुरा) को २०१७ बाट २५८२ रुपैयाँ पुगेको छ ।

 

कुन गन्तव्यको भाडादर कति ?

 

विश्वभर ३ अर्ब ६० करोड डोज कोरोनाको खोप लगाइयो, कुन देशले कतिलाई लगाए ? Read Previous

विश्वभर ३ अर्ब ६० करोड डोज कोरोनाको खोप लगाइयो, कुन देशले कतिलाई लगाए ?

सेयर बजारमा झन्डै १०० अंकको छलाङ, यी २० कम्पनीका लगानीकर्ता मालामाल Read Next

सेयर बजारमा झन्डै १०० अंकको छलाङ, यी २० कम्पनीका लगानीकर्ता मालामाल