विराटनगर भन्सारले उठायो लक्ष्यभन्दा ८ करोड बढी राजश्व
चाणक्य पोष्ट
प्रकाशित : 11:20 am, आइतबार, साउन ३, २०७८

Advertisement Section

काठमाडौं । आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा कूल ८ अर्ब ९३ करोड ३७ लाख ७६ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

 

सो अवधिमा ८ अर्ब ८४ करोड ४६ लाख २२ हजार राजश्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य थियो । कार्यालयले लक्ष्यभन्दा ८ करोड ९१ लाख ५४ हजार बढी राजश्व सङ्कलन गर्न सफल भएको छ ।

 

कार्यालयबाट प्राप्त जानकारी अनुसार आव २०७७/७८ मा सङ्कलित राजश्वमा आयकर ३ अर्ब ५२ करोड १९ लाख १४ हजार, मूल्य अभिवृद्धि कर २ अर्ब ५३ करोड ९० लाख १२ हजार र अन्तःशुल्क २ अर्ब ८७ करोड २८ लाख ५० हजार रहेको छ ।

 

सो अवधिमा कार्यालयले आयकरमा १३० प्रतिशत, मूल्य अभिवृद्धि करमा १५७ प्रतिशत र अन्तःशुल्कमा ६४ प्रतिशत वार्षिक प्रगति हासिल गरेको छ ।

Advertisement Section