सेयर बजारका समस्या समाधान गर्दै जनताको हित अनुकूल बनाइने छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारका समस्या समाधान गर्दै सर्वसाधारण अनुकूल बनाइने बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।

 

उनले पूँजीबजार अहिले राजस्व संकलनको ठूलो स्रोत भएका कारण यो महत्वपूर्ण क्षेत्र बनेको बताए । वार्षिक १४ अर्ब बढी राजश्व संकलन हुने यस क्षेत्रका समास्या समाधानका लागि आफू सकारात्मक रहेको शर्माले बताए ।

 

यद्यपि, आफू अहिलेको समग्र अर्थतन्त्रको अवस्थाबारे भने अध्ययनकै क्रममा रहेको उनले बताए । साथै, उनले अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर छिट्टै स्वेतपत्र ल्याउने घोषणा गरेका छन् ।

एकैपटक दुई कम्पनीले पाए आइपीओ ल्याउन अनुमति, कुनको कति कित्ता आउँदै ? Read Previous

एकैपटक दुई कम्पनीले पाए आइपीओ ल्याउन अनुमति, कुनको कति कित्ता आउँदै ?

ग्लोबल आइएमई बैंकले घर किन्न ७.९९ प्रतिशत ब्याजमै ऋण दिने, कति करोडसम्म पाइन्छ ? Read Next

ग्लोबल आइएमई बैंकले घर किन्न ७.९९ प्रतिशत ब्याजमै ऋण दिने, कति करोडसम्म पाइन्छ ?