एकैपटक दुई कम्पनीले पाए आइपीओ ल्याउन अनुमति, कुनको कति कित्ता आउँदै ?

काठमाडौं । एकैपटक दुई कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्न अनुमति पाएका छन् ।सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्त वित्तीय संस्थालाई आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।

 

बोर्डले सानिमा लाइफलाई प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर विक्री गर्न अनुमति दिएको हो ।

 

यसैगरी, मानुषी लघुवित्तलाई प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता निष्काशन गर्न अनुमति दिएको हो ।

 

मानुषी लघुवित्तले २०७८ वैशाख १३ गते र सानिमा लाइफ इन्स्योरेन्सले २०७८ जेठ ९ गते बोर्डसँग आइपीओ जारी गर्न अनुमति माग्दै आवेदन दिएका थिए ।

 

आइपीओ जारी गर्न यसअघिनै दुवै कम्पनीले विक्री प्रबन्धक नियुक्त गरिसकेका छन् । सानिमाको सेयर विक्री प्रबन्धक प्रभु क्यापिटल र मानुषी लघुवित्तको विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग  रहेको छ ।

अवैध फोन नियन्त्रण गर्ने प्रणाली जडान Read Previous

अवैध फोन नियन्त्रण गर्ने प्रणाली जडान

सेयर बजारका समस्या समाधान गर्दै जनताको हित अनुकूल बनाइने छ : अर्थमन्त्री Read Next

सेयर बजारका समस्या समाधान गर्दै जनताको हित अनुकूल बनाइने छ : अर्थमन्त्री