जाँदाजाँदै ओली सरकारको उपहार, गाडी भाडा २८ प्रतिशतसम्म वृद्धि

काठमाडौं । जाँदाजाँदै निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ ।

 

असार २७ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर २८ प्रतिशतसम्म वृद्धि गरेको हो ।

 

सरकारले पेट्रोलियम पदार्थ, गाडीका पार्टपूर्जाको मूल्यवृद्धि, श्रमिकको पारिश्रमिक लगायतलाई आधार बनाएर २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो ।

 

यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा २० प्रतिशत र तराईको बाटोमा गुड्ने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको छ ।

 

बढेको भाडा अन्तर प्रदेशमा संचालन हुने सवारी साधनमा असार २९ गतेदेखि लागू हुने गरी वृद्धि गरिएको विभागले जनाएको छ ।

 

नयाँ अर्थमन्त्रीलाई सेयर बजारको हरियो झन्डा, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी Read Previous

नयाँ अर्थमन्त्रीलाई सेयर बजारको हरियो झन्डा, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी

विकासका गफ छाँट्ने प्रधानमन्त्री ओलीका पालामा कुन पूर्वाधार बने, कुन बनेनन् ? Read Next

विकासका गफ छाँट्ने प्रधानमन्त्री ओलीका पालामा कुन पूर्वाधार बने, कुन बनेनन् ?