नेपालमै पहिलोपटक ग्वार्कोमा ‘फ्लाइओभर’ बन्दै, २ वर्षमा निर्माण सम्पन्न हुने

सांकेतिक तस्वीर ।

काठमाडौं । नेपालमै पहिलोपटक कंलकी–कोटेश्वर सडकखण्ड अन्तर्गत ललितपुरको ग्वार्को चोकमा चार लेनको फ्लाइओभर बन्ने भएको छ । सडक विभागले सोमबार टेन्डर निकालेसँगै यो फ्लाइओभर बन्ने निश्चित भएको हो ।

 

उक्त आह्वान टेन्डरमा नेपाली निर्माण कम्पनीले मात्रै सहभागी जनाउन सक्नेछन् । ठेक्का पाउने कम्पनीले २ वर्षभित्र फ्लाइओभर बनाई विभागलाई हस्तान्तरण गर्नु पर्नेछ ।

 

ठेक्का पाउने कम्पनीले डिजाइनदेखि निर्माण सम्पन्न अर्थात् इन्जिनीयरिङ प्रक्युरमेन्न्ट कन्स्ट्रक्शन (ईपीसी) ढाँचामा निर्माण गर्ने छ ।

 

फ्लाइओभर भनिए पनि विकसित देशमा जस्तो जटिलखाले संरचना नभई साधारण खालको ३५ मीटरको पुल बनाउने भएको छ । त्यसका लागि नेपाली कम्पनीहरू नै सक्षम भएकाले यस्तो ठेक्का निकालिएको केन्द्रका निर्देशक डा.विजय जैशीले जानकारी दिए ।

 

विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका अनुसार ठेक्का पाउने कम्पनीले डिजाइनदेखि निर्माण सम्पन्न अर्थात् इन्जिनीयरिङ प्रक्युरमेन्न्ट कन्स्ट्रक्शन (ईपीसी) ढाँचामा निर्माण गर्ने छ ।

 

फ्लाइओभरले काठमाडौं उपत्यकामा बढ्दो सवारी चाप र ट्राफिक व्यवस्थापन चुनौलाई केही समाधान गर्ने अनुमान गरिएको छ ।

 

यस अघि पनि चक्रपथको कोटेश्वर–कलङ्की खण्डको एकान्तकुना, ग्वार्को तथा सातदोबाटो र चापागाउँ चोकलाई जोडेर ‘फ्लाई ओभर’ निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको सडक विभाग अन्तर्गतको, गुणस्तर अनुसन्धान विकास केन्द्रकाका पूर्व निर्देशक शिव नेपालले बताएका थिए ।

 

सो समयमा चक्रपथमा ‘फ्लाई ओभर’ निर्माण निम्ति सर्वे तथा डिजाइनका लागि परामर्शदाता चयन गर्ने क्रममा रहेको बताइएको थियो । विगतमा सो फ्लाइओभर जापानी कम्पनी जाइकाले नै सर्भे गरेको थियो ।

 

हाल गुणस्तर अनुसन्धान केन्द्रका निर्देशक विजय जैशीले फ्लाई ओभर निर्माणका लागि नेपालकै जनशक्ति दक्ष भएको भन्दै नेपाली कम्पनीलाई नै ठेक्का दिने बताएका छन् ।

 

‘यो फ्लाइओभर विदेशमा भए जस्तो हुन्न, त्यसैले नेपाली कामदारले नै बनाउन लागेका हुन्, हामीसँग दक्ष कामदार पनि छन्,’ जैशीले भने ।

 

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा समेत चक्रपथका तीन स्थानमा नेपालकै पहिलो ‘फ्लाइओभर’ निर्माण गरिने भनेर उल्लेख गरिएको छ ।

 

त्यसैगरी काठमाडौँको तीनकुने–कोटेश्वर–जडीबुटी खण्डमा सम्भाव्यता अध्ययन पूरा गरी ‘फ्लाइओभर’ तथा सुरुङ मार्ग निर्माण प्रारम्भ गर्न तथा नयाँ बानेश्वरमा अन्डर पास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म सवारी आवागमन सहज गर्न उपयुक्त विकल्प पहिचान गरी निर्माण शुरु गरिने वक्तव्यमा उल्लेख छ । सो फ्लाइओभरका लागि बजेट विभियोजन भए पनि कुनै काम हुन सकेको छैन ।

फाइनान्स चम्किँदा नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १२ कम्पनी Read Previous

फाइनान्स चम्किँदा नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १२ कम्पनी

अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त, कोरोनाले शिथिल अर्थतन्त्र उकास्ने चुनौती Read Next

अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त, कोरोनाले शिथिल अर्थतन्त्र उकास्ने चुनौती