अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त, कोरोनाले शिथिल अर्थतन्त्र उकास्ने चुनौती

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकर अर्थमन्त्रीमा नियुक्त भएका छन् । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रीमण्डलमा शर्मा अर्थमन्त्री बनेका  हुन् ।

 

मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले उनीसहित चार मन्त्रीलाई शपथ खुवाएकी हुन् । शर्माले यसअघि शान्ति तथा पुनःनिर्माण, गृह र ऊर्जा मन्त्रालय सम्हालिसकेका छन् ।

 

उनी पहिलोपटक विसं २०६५ मा शान्ति तथा पुनःनिर्माणमन्त्री बनेका थिए । यस्तै, २०७३ साउनमा पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्रीकालमा ऊर्जामन्त्री भएका थिए।

 

उनले नै कहालीलाग्दो लोडसेडिङ हटाउन सफल कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त गरेका थिए ।

 

शर्मा देउवाको प्रधानमन्त्री कालमा मन्त्री बनेको दोस्रो पटक हो । उनी २०७४ जेठमा देउवाको मन्त्रिमण्डलमा गृहमन्त्री बनेका थिए ।

 

अर्थमन्त्रीमा नियुक्त भएका शर्मासामु कोरोनाले थङथिलो बनाएको अर्थतन्त्रलाई उकास्नु मुख्य चुनौती रहेको छ । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र चलायमान बनाउनु पर्ने दायित्व समेत रहेको छ ।

 

साथै, खड्गप्रसाद ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट खारेज/परिमार्जन गरी नयाँ बजेट ल्याउने जिम्मेवारी समेत रहेको छ ।

 

शर्मा नेकपा माओवादी पार्टीभित्र खरो र स्पष्ट वक्ता नेताका रुपमा चिनिन्छन्।

नेपालमै पहिलोपटक ग्वार्कोमा 'फ्लाइओभर' बन्दै, २ वर्षमा निर्माण सम्पन्न हुने Read Previous

नेपालमै पहिलोपटक ग्वार्कोमा 'फ्लाइओभर' बन्दै, २ वर्षमा निर्माण सम्पन्न हुने

शिवम् सिमेन्टले तिरेन २ अर्ब ३४ करोड विद्युत् महसुल Read Next

शिवम् सिमेन्टले तिरेन २ अर्ब ३४ करोड विद्युत् महसुल