फाइनान्स चम्किँदा नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १२ कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको बढोत्तरी आएको छ । सोमबार एकैदिन ४५ अंकले घटेको बजार आज दोहोरो अंकले बढेको हो ।

 

यससाता सेयर बजारमा तीव्र उतरचढाव देखिएको छ । आइतबार एकैदिन ७५ अंकको उछाल आएको बजार सोमबार ४५ अंकले घटेको थियो भने आज १६ अंकले बढेको छ । समग्रमा ३ दिनमा नेप्से ४६ अंकले बढेको छ ।

 

सूचकमा बढोत्तरी आए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै आधाले घटेर साढे ५ अर्बम सीमित भएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से १६.३४ अंकले बढेर २८७१.०३ विन्दुमा पुगेको छ । आज २२३ कम्पनीको ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँ बराबरको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १३ वटा समूहमध्ये जीवन बीमा बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ४.०३ प्रतिशतले बढेको छ भने विकास बैंक १.५४ प्रतिशतले बढेको छ ।

 

आज कारोबारमा आएका २२३ कम्पनीमध्ये जम्मा १६३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४६ कम्पनीको मूल्यमा गिरावट आएको छ । १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेपाल बंगलादेश बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै साढे ४५ करोड रुपैयाँको बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स २३ करोड र एनआइसी एशिया बैंकको २० करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

 

बढ्दो बजारमा आज सेन्टर, समृद्धि, मञ्जुश्री, प्रोग्रेसिभ र आइसीएफसी फाइनान्सको सेयर मूल्य ६ प्रतिशभन्दा धेरैले बढेको छ ।

 

यसैगरी, एनआइसी एशिया बैंक डिबेञ्चर, कृषि विकास बैंक डिबेञ्चर, सिद्धार्थ बैंक डिबेञ्चर, रिलायन्स फाइनान्स, नेपाल बंगलादेश बैंक, छ्याङ्दी हाइड्रोपावर, जानकी फाइनान्सको सेयर मूल्य ५ प्रतिशभन्दा धेरैले बढेको छ ।

 

बढ्दो बजारमा आज सानिमा लार्ज क्याप म्युचुखल फण्डको सेयर मूल्य सबैभन्दा धेरै ३.०८ प्रतिशतले घटेको छ ।

साउन १ देखि नागरिक एपबाटै सवारीसाधनको कर तिर्न सकिने Read Previous

साउन १ देखि नागरिक एपबाटै सवारीसाधनको कर तिर्न सकिने

नेपालमै पहिलोपटक ग्वार्कोमा 'फ्लाइओभर' बन्दै, २ वर्षमा निर्माण सम्पन्न हुने Read Next

नेपालमै पहिलोपटक ग्वार्कोमा 'फ्लाइओभर' बन्दै, २ वर्षमा निर्माण सम्पन्न हुने