दशैं अघि ड्राइभिङ लाइसेन्सको फाराम नखुल्ने, १४ लाख स्मार्ट कार्ड ल्याइँदै

काठमाडौं । के तपाईं ड्राइभिङ लाइसेन्सको फाराम भर्ने तयारीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने दशैंअघि भर्न नपाउनु हुने भएको छ ।

 

यातायात व्यवस्था विभागका अनुसार नयाँ लाइसेन्सको फारमा दशैँ अघि नखुल्ने भएको हो । पहिले नै लाइसेन्सका लागि आवेदन दिएका ७ लाख मानिसहरु अझै लाइनमा भएकाले हाल लाइसेन्स खुल्ला नगरिने भएको हो । थप ६ लाख नवीकरण तथा स्मार्ट लाइसेन्स अझै प्रिन्ट हुन बाँकी रहेका छन् ।

 

लाइसेन्स परीक्षा र ट्रायललाई विद्यालय सरह मानिएकाले हाल अनलाइन लाइसेन्स फारम खुल्ला नगरिएको विभागका सूचना अधिकारी लोकनाथ भुसालले बताए । हाल कोरोनाका कारण २५ जनाभन्दा बढी जम्मा हुन रोक लगाएको छ । लाइसेन्स परीक्षा संचालन गर्न एकैपटकमा सयजनाभन्दा बढी जम्मा हुनुपर्ने हुन्छ । यस्तो अवस्थामा परीक्षा संचालन गर्न नसकिने उनको भनाइ छ ।

 

उनले दशैँ अघि लाइसेन्स वितरण सुचारु गर्ने सम्भावना नरहेको बताए । ‘अब दशैँ पछि मात्र लाइसेन्स खुलाउने, वितरण गर्ने, परीक्षा लिने सबै गरिन्छ होला, अहिले कुनै तयारी छैन,’ भुसालले चाणक्य पोष्टसँग भने ‘निवेदन मात्र लिएर के गर्नु लाइसेन्स नदिए पछि एकै पटक धेरै प्रिन्ट गर्न समस्या हुन्छ ।’

 

उनले धेरै निवेदन मात्र लिदा वितरणमा समस्या हुने भन्दै हाल लाइसेन्स निवेदन बन्द गरिएको बताए ।

 

नवीकरण गरिएका लाइसेन्स प्रिन्ट हुनै सकेन

 

हाल नवीकरण गरिएका र ट्रायल पास भएकाहरुको स्मार्ट लाइसेन्स  प्रिन्ट हुन सकेका छैनन् । लाइसेन्स प्रिन्ट गरिने कार्ड सकिएकाले सो काम हुन नसकेको हो । यसै कारण कुनै लाइसेन्स प्रिन्ट हुन सकेको छैन ।

 

लाइसेन्सका लागि कागज ल्याउन फ्रान्स कम्पनीलाई ठेक्का दिइएको उनले बताए । फ्रान्सको सेल्प नामक कम्पनीले १४ लाख कार्ड ल्याउन लागेको हो ।

 

२ महिना भित्र सो कार्ड नेपाल आईसक्ने उनको भनाइ छ । उक्त कार्ड कति बजेटमा ल्याउन लागिएको हो भन्ने चाहिँ खुलाइएको छैन ।

 

सो कार्डले हालसम्म बाँकी रहेका सबै कार्ड प्रिन्ट हुने उनले बताए । सो पछि आउने नयाँ आवेदनका लागि भने अझै कुनै तयारी गरिएको छैन ।

 

युनियन लाइफको आइपीओमा अहिलेसम्मकै धेरै आवेदन, कति जनाले भरे ? Read Previous

युनियन लाइफको आइपीओमा अहिलेसम्मकै धेरै आवेदन, कति जनाले भरे ?

मध्यपहाडी लोकमार्ग ६ दिनदेखि अवरुद्ध Read Next

मध्यपहाडी लोकमार्ग ६ दिनदेखि अवरुद्ध