अमेरिकाले दिएको १५ लाख डोज खोप नेपाल आइपुग्यो

काठमाडौं । अमेरिकाले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको १५ लाखभन्दा बढी डोज खोप नेपाल आइपुगेको छ ।

 

कोभ्याक्समार्फत अमेरिकाले नेपाललाई अनुदानमा दिएको खोप आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमामा आइपुगेको हो ।

 

अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप उपलब्ध गराएको हो ।

 

विमानस्थलमा आयोजित कार्यक्रममा अमेरिकी राजदूत ‍र्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई उक्त खोप हस्तान्तरण गरेका छन् ।

 

एक डोज मात्र लगाए हुने यो खोप १५ लाख ३४ हजारभन्दा बढी नेपालीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साउन ५ देखि तेह्रथुम पावरको आइपीओ खुल्ने, कति कित्ता आउँदै छ ? Read Previous

साउन ५ देखि तेह्रथुम पावरको आइपीओ खुल्ने, कति कित्ता आउँदै छ ?

मेलम्चीको पानी हिउँद लागेपछि मात्र आउने, सडक र पुल नबनेसम्म मर्मत गर्न नसकिने Read Next

मेलम्चीको पानी हिउँद लागेपछि मात्र आउने, सडक र पुल नबनेसम्म मर्मत गर्न नसकिने