साउन ५ देखि तेह्रथुम पावरको आइपीओ खुल्ने, कति कित्ता आउँदै छ ?

काठमाडौं । तेह्रथुम पावर कम्पनीले साउन ५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासन्दिाका लागि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

कम्पनीले पहिलो चरणमा तेह्रथुम जिल्लाका आयोजना प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो ।

 

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै आइपीओ नबिकेमा ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन पाउनेछन् ।

 

कम्पनीले धितोपत्र बोर्डबाट १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपीओ विक्री गर्न अनुमति पाएकोमा पहिलो चरणमा ४ लाख कित्ता विक्री गर्न लागेको हो । स्थानीयलाई आइपीओ जारीपछि सर्वसाधरणका लागि सेयर जारी गरिने कम्पनीले जनाएको छ ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआएबीएल एस क्यापिटल रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ ।

 

कम्पनीले हाल तेह्रथुममा ७.५ मेगावटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल लागत १ अर्ब ३७ करोड ६० लाख रुपैयाँ रहेको छ । यसको प्रतिमेगावट लागत १८ करोड ३० लाख रुपैयाँ छ ।

 

हाल २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ पछि चुक्ता पूँजी ४० करोड पुग्नेछ ।

मनकामना स्मार्ट लघुवित्तको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Previous

मनकामना स्मार्ट लघुवित्तको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

अमेरिकाले दिएको १५ लाख डोज खोप नेपाल आइपुग्यो Read Next

अमेरिकाले दिएको १५ लाख डोज खोप नेपाल आइपुग्यो