काठमाडौं । सगरमाथा इन्सुरेन्सको नाफा २०.४४ %ले घटेको छ । इन्सुरेन्सले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा २७ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा ७ करोड ११ लाख रुपैयाँले कमी हो । सगरमाथाले अघिल्लो वर्ष को यसै अवधीमा ३४ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
इन्सुरेन्सले पुर्नबीमा कमिशनबाट ३१ करोड ८६ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ८ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ ।
खुद बीमा शुल्क १७.२७ प्रतिशतले वृद्धि
खुद नाफा घटे पनि सगरमाथाको खुद बीमा शुल्क भने १७.२७%ले वृद्धि भएको छ । कम्पनीले गत वर्ष १ अर्ब १ करोड ४१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।
यो अघिल्लो वर्षको यसै अवधीको तुलनामा १४ करोड ९३ लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको यस अवधिमा इन्स्योरेन्सले ८६ करोड ४८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ८६ प्रतिशत बोनस वितरण गरेर चुक्ता पूँजी १ अर्ब १२ लाख रुपैयाँ पुर्याएको छ। यस्तै कम्पनीको जगेडा कोषमा ३४ करोड ३२ लाख, बीमा कोषमा ४८ करोड ८७ लाख, महाविपत्ती कोषमा ८ करोड ७ लाख रुपैयाँ सञ्चित छ।
कम्पनीले एक लाख ४९ हजार ६९२ वटा बीमालेख जारी गरी हालसम्म २ अर्ब १७ करोड ९२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधि सम्ममा इन्स्योरेन्सले ६ हजार ५१ कुल दाबी वापत ९५ करोड ६१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने २ हजार ७४५ दाबीवापत ८५ करोड ७२ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ।
इन्स्योरेन्सको प्रतिसेयर आम्दानी २७.६२ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १९१.१७ रुपैयाँ रहेको छ ।